Websoft University

www.radiomakalu.com || 021-522512


कमल थापाले दिए सरकार र सदन छोड्ने चेतावनी

स्थानीय तहकाे निर्वाचनमा सहभागी नहुने संकेत



दाङ, बैशाख ५  गते । उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले सरकार र सदन छोड्ने चेतावनी दिएका छन् ।

थापाले राप्रपा हिन्दू राष्ट्र र राजसंस्था सहितको लोकतान्त्रिक पार्टी भएकोले यस विषयमा निर्वाचन आयोगले गरेको निर्णय नसच्याइए सरकार र सदन दुवै छोड्ने चेतावनी दिएका हुन् ।


रिपोटर्स क्लवले मंगलवार तुलसिपुरमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उपप्रधान मन्त्री थापाले हिन्दू राष्ट्र र राजसंस्थासहितको लोकतन्त्र पार्टीको आत्मा भएको भन्दै यस विषयमा निर्वाचन आयोगले गरेको निर्णय नसच्याइए निर्वाचन भाग नलिने संकेत गरे ।

‘हामीले निर्वाचन आयोगले निर्णयमा पुर्नविचार गरोस भन्ने चाहन्छौ,’ उनले भने, ‘ यदी त्यो भएन भने पार्टीले उपयुक्त समयमा उपयुक्त निर्णय लिन्छ, पार्टीसंग सरकार छाड्नेदेखि स्थानीय तहको निर्वाचनमा भाग नलिनेसम्मका विकल्प अगाडि छन् ।’

आयोगको निर्णय नसच्चिएसम्म आफूहरु सरकारमा बस्नु र नवस्नुको कुनै अर्थ नरहेको बताउदै थापाले राप्रपालाई जवरजस्ति आन्दोलन लैजाने कसरत सुरु गरिएको आरोप लगाए ।

निशानदाजु भट्टराईबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget