Websoft University

www.radiomakalu.com || 021-522512


कक्षा सञ्चालन अनुमति पत्र नै कीर्ते !


कक्षा सञ्चालन अनुमति पत्र नै कीर्ते !
बिर्तामोड,वैशाख १२ गते   । झापा गाउँपालिका–७ स्थित मदरगाछमा सञ्चालित ट्रिनेटी इंगलिस स्कूलले जिल्ला शिक्षा कार्यालय झापाको कक्षा सञ्चालन अनुमति पत्र कीर्ते गरी विद्यालय सञ्चालन गरिरहेका आरोप लागेको छ ।जिल्ला शिक्षा कार्यालय झापाको चलानी नम्बर २१६९, मिति २०७२÷ १२÷३० को कक्षा–१ सञ्चालन अनुमति पत्र कीर्ते गरी कक्षा–४ सञ्चालन गरेको भनी छानबिनका लागि अभिभावक अंगध्वज माझीलगायतले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपछि यस्तो आरोप लागेको हो ।

अंगध्वज माझी, नन्दमणि घिमिरे, जानुका पौडेललगायत अभिभावकहरुको एक समूहले बिर्तामोडमा पत्रकार सम्मेलन गरी ट्रिनेटीका फाउण्डरद्वय रमेश मण्डल र कृष्ण मण्डलले सरकारी कागजात कीर्तेगरी अभिभावकलाई गुमराहमा राखेको आरोप लगाएका छन् ।

अभिभावकको समूहले विद्यालयको छानबिनका लागि जिल्ला प्रशासन कार्यालय झापामा निवेदन उपर तत्कालै जिल्ला शिक्षा कार्यालयलाई छानबिन गरी प्रतिवेदन पेश गर्न बैशाख १० गते निर्देशन दिएको छ ।

चलानी नं. ५९६८ को उक्त निर्देशन पत्रमा विद्यालय सञ्चालकले कागजात कीर्ते गरे नगरेको छानबिन गर्न भनिएको छ ।
बिना अनुमति कक्षा सञ्चालन गरिएपछि त्यहाँ अध्ययनरत करिब ८० जना विद्यार्थीको भविष्य अन्योलमा परेको अभिभावको भनाइ छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget