Websoft University

www.radiomakalu.com || 021-522512


बस र भ्यान ठोकिँदा चौधरीको मृत्यु

बस र भ्यान ठोकिँदा चौधरीको मृत्यु

राजविराज, बैशाख १२ गते  । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कृष्णाराम गाउँपालिका– १ स्थित सीतापुरमा एक भ्यान र यात्रुबाहक बस ठोकिँदा सोही गाउँपालिका– ३ का २५ वर्षीय ओमप्रकाश चौधरीको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख १८२७ नंको यात्रुबाहक बस विपरीत दिशाबाट आउँदै गरेको को १ ज १५५१ नंको भ्यानमा ठोकिएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका चौधरीको सप्तरीको ठेलियास्थित धर्मेश्वर अस्पतालमा राति उपचारका क्रममा मृत्यु भएको हो । सो घटनामा परी सीतापुरकै रवीन्द्र चौधरी घाइते भएकामा विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget