Websoft University

www.radiomakalu.com || 021-522512


स्थानीय तहको संख्या बढाउन लागेको भन्दै एमालेद्वारा संसद अवरुद्ध



काठमाडौं, वैशाख १२ गते । प्रमुख विपक्षी दल नेकपा एमालेले बालानन्द पौडेल नेतृत्वको आयोगको प्रतिवेदनलाई खण्डित गर्ने गरी सरकारले स्थानीय तहको संख्या बढाउन खोजिएको भन्दै व्यवस्थापिका संसद बैठक अबरुद्ध गरेको छ ।

संसदको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद गंगाधर तुलाधरले स्थानीय विकास मन्त्रालयले परिपत्र गरेको सूचना आएको बताए । उनले भने, ‘पुनर्संरचना आयोगको प्रतिवेदनलाई खण्डित हुने गरी केही स्थानीय तहको संख्या बढाउन कोटा तोकिएको छ भन्ने सुन्न आएको छ । यसो हो भने निर्वाचनको वातावरण भाँडिनेछ ।’


यो षड्यन्त्रकारी मनसायबाट भएको हुनसक्ने भन्दै उनले परिपत्र भएको हो कि होइन ? भएको हो भने किन भन्ने सम्वन्धित मन्त्रीले जवाफ दिनुपर्ने बताए ।

लगतै एमाले सांसदहरु उठेर विरोध गरे ।

सभामुख ओनसरी घर्ती मगरले सदनको ध्यानाकर्षण भएको भन्न्दै पटक-पटक बस्न आग्रह गर्दा पनि एमाले सांसदहरुले मन्त्रीले जवाफ दिनुपर्ने अडान राखे ।

एमालेको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget