Websoft University

www.radiomakalu.com || 021-522512


वैशाख ३१ मै चुनाव हुन्छ, मिति सार्न सकिँदैनः प्रमुख निर्वाचन आयुक्त यादव

वैशाख ३१ मै चुनाव हुन्छ, मिति सार्न सकिँदैनः प्रमुख निर्वाचन आयुक्त यादव

काठमाडौं, वैशाख ९ गते ।  प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले वैैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको मिति कुनै पनि हालतमा सार्न नसकिने बताउनु भएको छ। उहाँले भन्नुभयो,‘वैशाख ३१ मै चुनाव हुन्छ, हुनुपनि पर्छ र मिति सार्न सकिँदैन।’
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा प्रमुख आयुक्त डा. यादवले वैशाख ३१ को स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नसर्ने र तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने दाबी गर्नु भएको हो। उहाँले भन्नुभयो,‘वैशाख ३१ गते निर्वाचन हुन्छ, अब यो मिति सर्दैन। आयोगले सम्पूर्ण तयारी गरिसकेको छ, निर्वाचन सामाग्रीहरु मतदान केन्द्रमा पुगिसकेका छन्, यस्तो अवस्थामा निर्वाचनको मिति सार्न सकिँदैन।’
उहाँले आयोगले वैशाख ३१ गतेको निर्वाचनका लागि आवश्यक सबै सामाग्रीहरु जुटाइसकेको जनाउँदै अब निर्वाचनको मिति सर्ने कुनै सम्भावना नरहेको स्पष्ट पार्नु भयो। उहाँले भन्नुभयो,‘निर्वाचनको सुनिश्चितता भइसक्यो, आयोगका परिसरमा आएर हेर्दा पनि थाहा हुन्छ। निर्वाचनको तयारी कहाँ पुग्यो भनेर?त्यसैले अब ३१ गतेको निर्वाचन सर्दैन्, मिति फेरबदल हुँदैन।’ यद्यपि उहाँले केही ठाउँमा कुनै कारणले मिति सार्नुपर्ने भएपनि सरकारले आयोगसँग सल्लाह गर्नुपर्ने बताउनुभयो।
यादवले भन्नभयो,‘कुनै ठाउँमा निर्वाचन सार्नुपर्ने भएपनि सरकारले निर्वाचन आयोगसँग सल्लाह गर्नुपर्छ, सारेपनि कति दिन सार्ने हो? समयावधि कति हो? कुन कुन विषयलाई लिएर सार्ने हो ? यस्तो विचारनीय कुरा आयोगसँग छलफल गरेरमात्रै गर्नुपर्छ।’- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget