Websoft University

www.radiomakalu.com || 021-522512


जेठको पहिलो साता देउवा प्रधानमन्त्री ! बजेट नयाँ सरकारले ल्याउने

दोस्रो चरणको चुनाव गराउने जिम्मा देउवालाई


 काठमाडौं,  वैशाख १० गते । स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमतिसँगै नयाँ बजेट कुन सरकारले ल्याउने भन्ने प्रश्न उठेको छ । यसको जवाफ प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कहिले सत्ता हस्तान्तरण गर्छन् भन्नेसँग जोडिएको छ ।

सरकार र मधेसी मोर्चाबीच शनिबार स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति भएको थियो । दोस्रो चरणको निर्वाचन जेठ ३१ मा गर्ने लगभग सहमति भएको छ ।


स्रोतहरुका अनुसार यो सहमतिका क्रममा बजेट र सत्ता हस्तान्तरणबारे पनि समझदारी भएको छ ।

प्रधानमन्त्री प्रचण्ड जेठ १ गते नै सरकार छाड्न सहमत भएका छन् । यो सहमति अनुसार जेठको पहिलो साता नै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।

र, बजेट पनि नयाँ सरकारले ल्याउनेछ । दुई चरणमा चुनाव हुने भएपछि बजेट कसले ल्याउँछ भन्ने प्रश्नमा बालुवाटार बैठकमा सहभागी कांग्रेसका नेताले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘बजेट देउवा सरकारले ल्याउँछ । त्यसरी नै सत्ता हस्तान्तरण हुन्छ ।’

कांग्रेस र माओवादीको गठवन्धन सरकार बनाउने बेलामा नै ९-९ महिना प्रचण्ड र देउवा प्रधानमन्त्री हुने लिखित सहमति भएको थियो । यो सहमति अनुसार प्रचण्डले बैशाखको सुरुमा नै नै देउवालाई सत्ता हस्तान्तरण गर्नु पर्ने हो । तर, स्थानीय चुनाव बैशाख ३१ मा गर्ने भएपछि कांग्रेस एक महिना पर्खन सहमत भएको थियो ।

कांग्रेस र माओवादीका शीर्ष नेताहरुको बैठकमा देउवाले प्रधानमन्त्री प्रचण्डसामू पटकपटक जेठ १ मा आफूलाई सत्ता हस्तान्तरण गर्नु पर्ने बताउँदै आएका थिए । यसो भन्नुको कारण बजेट नै हो । जेठ १५ मा बजेट ल्याउने संवैधानिक व्यवस्था नै छ ।

माओवादी प्रवक्ता पम्फा भुसालले सहमति अनुसार नै सत्ता हस्तान्तरण हुने अनलाइनखबरलाई बताइन् । उनले भनिन्, यदि नयाँ सहमति भएन भने हामी सहमति पालना गर्छौं र राजनीतिक संस्कार देखाउँछौं ।-’अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget