Websoft University

www.radiomakalu.com || 021-522512


बरियता विवाद थाती राख्दै गृहमन्त्री निधी मन्त्रिपरिषद् बैठकमा सहभागी



 काठमाडौं,वैशाख १० गते  । वरियता विवादका कारण मन्त्रिपरिषद् बैठक बहिस्कार गर्दै आएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि आइताबारको बैठकमा सहभागी भएका छन् । उनी अब नियमित बैठकमा जाने छन् ।


निधी बरियता विवाद थाती राख्दै मन्त्रिपरिषद् बैठकमा सहभागी भएका हुन् । पार्टी सभापति शेरबहादुर देउवाको निर्देशन र मधेस, देश र कांग्रेसको हितलाई ध्यानमा राखेर निधी मन्त्रिपरिषद् बैठकमा सहभागी भएको उनको प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।

अर्का उपप्रधानमन्त्री कमल थापासँगको बरियता विवादपछि निधीले बैठक बहिस्कार गरेका थिए ।- अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget