Websoft University

www.radiomakalu.com || 021-522512


पश्चिम बङ्गालमा विस्फोटमा परी आठजनाको मृत्यु

पश्चिम बङ्गालमा विस्फोटमा परी आठजनाको मृत्यु

भारत,बैशाख १० गते   । भारतको पश्चिम बङ्गालमा शनिबार एउटा बम विस्फोट हुँदा कम्तीमा आठजनाको मृत्यु भएको र चारजना घाइते भएका यहाँको प्रहरीले जनाएको छ । बङ्गाल राज्यको वीरभूम जिल्लाअन्तर्गत पर्ने टार्का गाउँमा एक समूहले बम बनाउने क्रममा सो दुर्घटना भएको एक प्रहरी अधिकारीले घटनाबारे जानकारी दिने अधिकारी आफू नभएको बताउँदै नाम गोप्य राख्ने सर्तमा सिन्ह्वालाई बताए ।
घटनामा घाइते अन्य व्यक्तिको शारीरिक अवस्था चोटका कारण अत्यन्त गम्भीर रहेको बताउँदै मृतकको सङ्ख्या बढ्न पनि सक्ने बताइएको छ । उक्त बम छिमेकी गाउँमा रहेको एक समूहमाथि आक्रमण गर्ने उद्देश्यले स्थानीयस्तरमा तयार पार्न लागिएको पनि थाहा भएको उनले बताए । स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार विस्फोटपछि मृतकका शरीर विक्षिप्त अवस्थामा टुक्रिएर घटनास्थल वरपर छरिएका थिए ।

घटनापछि प्रहरीको एक ठूलो समूह उक्त क्षेत्रमा गई तथाकथित ‘टर्कवार’ समूहका सदस्यहरुको खोजी भइरहेको बताइएको छ । शुक्रबार लाभपुर क्षेत्रमा भएको विस्फोटमा परी सातजनाको मृत्यु भएको घटनाको त्रास गाउँलेहरुमा रहिरहेकै बेला अर्को विस्फोट भएपछि पूरा गाउँ थप आतङ्कित बनेको छ । रासस÷सिन्ह्वा

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget