Websoft University

www.radiomakalu.com || 021-522512


महन्थ ठाकुरले भने–यथास्थितिमा मधेसमा चुनाव हुन सक्दैन

महन्थ ठाकुरले भने–यथास्थितिमा मधेसमा चुनाव हुन सक्दैन


मलंगवा  वैशाख ९ गते ।   राष्ट्रिय जनता पार्टीका संयोजक महन्थ ठाकुरले मधेसको माग पूरा नभएसम्म यथास्थितिमा कुनै पनि हालतमा चुनाव हुन नसक्ने बताउनु भएको छ। जनकपुरमा आयोजित आमसभालाई सम्बोधन गर्न जाने क्रममा शनिवार सर्लाही आउनु भएका संयोजक ठाकुरले मधेसवादी दलहरुसँग भएको सम्झौता कार्यान्वयनका नाममा पटक–पटक ठूला तीन दलले धोका दिएको आरोप लगाउनुभयो।
‘बैशाख ३१ गते हुने चुनावलाई स्थगित गरेर विवादित विषयलाई संसदबाट पारित गराउनु पर्छ’, ठाकुरले भन्नुभयो,‘माग सम्बोधन भए राष्ट्रिय जनता पार्टी पनि चुनावमा सहभागी हुन्छ। तर, चुनाव दुई चरणमा गराउनु पर्छ।’ सरकारले पटक–पटक सम्बोधन गर्छु भने तर, कहिले भनेको कुरा पूरा नगरेको ठाकुरको आरोप छ।
‘यसपाली बोलेर होइन पुरा गरेर देखाएमात्र हामी मान्छौं। मधेसी दल चुनाव विरोधी पार्टी होइन’, ठाकुरले भन्नुभयो, ‘चुनावको माहोल बनाए हामी पनि चुनावमा सहभागी हुन्छौं।’ जनसंख्याका अधारमा राज्य पुनःसंरचना गरिनु पर्ने, मधेस आन्दोलनका क्रममा शहिद भएकाहरुलाई शहिद घोषणा गरिनुपर्ने, घाइते भएकाहरुलाई क्षतिपूर्ति दिनुपर्ने, मुद्दा लगाइएकाहरुको मुद्दा फिर्ता गरिनुपर्ने लगायतका मागमा राज्यले अहिलेसम्म कुनै पहल नगरेको आरोप ठाकुरको छ। ५१ प्रतिशत भएको भू–भागमा ३५ प्रतिशत सिट र ४९ प्रतिशत जनसंख्या भएको पहाड हिमालमा ६५ प्रतिशत सिट दिनु मधेससंग बेइमानी गरेको आरोप ठाकुरले लगाउनुभयो।
पार्टी एकताको सबालमा एक वर्षमा अधिबेशन गराएर जिम्मेवारी बाँडफाँड गरिने ठाकुरले बताउनुभयो। एकता भएका ६ वटै पार्टीका जिल्ला कमिटी र गाउँ कमिटीलाई अध्यक्ष मण्डलको टिम बनाएर काम गर्नका लागि पार्टीले निर्देशन दिएको बताउनुभयो।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget