Websoft University

www.radiomakalu.com || 021-522512


टिम चौराहा धनगढीले जित्यो पहिलाे डीपीएल क्रिकेटको उपाधि

 टिम चौराहा धनगढीले जित्यो पहिलाे डीपीएल क्रिकेटको उपाधि

तस्बिर : रजेन्द्र केसी
                                      विराटनगर किंग्स ६२ रनले पराजित

धनगढी: कैलालीमा भएको पहिलो धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि पारस खड्काको कप्तानीमा रहेको टिम चौराहा धनगढीले जितेको छ।
सेती अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा भएको फाइनलमा टिम चौराहाले शरद भेष्वाकरको विराटनगर किंग्सलाई ६२ रनले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो। टिम चौराहाले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्स १८ दशमलब १ ओभरमा ९७ रनमै समेटियो।
विराटनगर किंग्सका लागि प्रनित थापा मगरले सर्वाधिक २६ रन जोडे। कप्तान शरद भेष्वाकर भने २ रनमै पेभिलियन फर्केका थिए। विराटनगर किंग्सलाई सस्तैमा समेट्न टिम चौराहाका सुशन भारीले सर्वाधिक तीन विकेट लिए भने आरिफ शेख र शौरभ खनालले समान दुई–दुई विकेट लिएका थिए। यस्तै रामनरेश गिरी र ललित राजबंशीले एक–एक विकेट लिए।
यसअघि टस जितेर पहिले व्याटिङ गरेको टिम चौराहाले पुरै २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो। टिम चौराहाका लागि आरिफ शेखले सर्वाधिक ५४ को योगदान दिए। यस्तै अमर रौतेला ३१ र शौरभ खनालले अविजित १४ रन बनाए। कप्तान पारस खड्का २९ तथा पृथु बास्कोटाले १४ जोडे।
विराटनगरका लागि सुशील कँडेलले दुई विकेट लिए भने जितेन्द्र मुखिया, सन्दिप लामिछाने र प्रकाश बिष्टले समान एक–एक विकेट लिए।
धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि उचालेको टिम चौराहाले उपाधिसँगै १५ लाख रुपैयाँ नगद पुरस्कार पाएको छ। उपविजेतमा सीमित शरद भेष्वाकरको कप्तानीमा रहेको विराटनगर किंग्सले ७ लाख रुपैयाँमा चित्त बुझाउन बाध्य भयो।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget