Websoft University

www.radiomakalu.com || 021-522512


आँखाको दृष्टि कमजोर छ ? यस्तो विधी अपनाउनुहोस्



हिजोआज हरेकजसो घरका एक न एक सदस्य चस्मा लगाउनुपर्ने वाध्यतामा हुन्छन् । कसैमा टाढाका बस्तु नदेख्ने त कसैलाई नजिकको बस्तु खुट्याउन नसक्ने समस्या हुन्छ । यस्तो समस्या कसैले जन्मजात लिएर आउछन् भने कसैलाई विभिन्न परिस्थितीबस हुने गर्छ । यस्तो अवस्थामा सामन्य दिनचर्या कठिन बन्छ । खान, बस्न, हिँड्न, पढ्न, हेर्न, काम गर्न असहज हुन्छ । त्यसैले आँखाप्रति हामी सर्तक र संवेदनसिल हुनैपर्छ ।


आँखा पाक्ने, चिलाउने, दुख्ने अवस्था यदाकदा आउँछ । यो आम समस्या हो, जसलाई उपचारपछि सामन्य अवस्थामा फर्काउन सकिन्छ । तर, जटिल वा दीर्घकालिन समस्याहरुमा भने उपचारसँगै विभिन्न सावधानी अपनाउनुपर्ने हुन्छ ।

आँखाको दृष्टि कस्तो हुनुपर्छ ?

हामी सबैको दृष्टि एकसमान हुँदैन । कसैको दृष्टि राम्रो हुन्छ, जसले आसपासका दृश्यहरु स्पष्टसँग देख्नत सक्छन् । तर, कसैले त्यस्ता दृश्यहरु धमिलो देख्छन् । आँखाको दृष्टि कति राम्रो छ भनेर मापन गर्ने सरल बिधी छ । सामन्यतः एउटा निश्चित दुरीमा, निश्चित आकारको अक्षरहरु राखेर त्यसलाई देख्न सक्ने क्षमताको आधारमा आँखाको दृष्टिको स्तर जाँच्न सकिन्छ ।

सामन्यतः दृश्यको तीक्ष्णता एक चार्ट तीन मिटर वा ६ मिटर वा ४० सेन्टिमिटर दुरीमा राखेर नाप्ने गरिन्छ । यसैको आधारमा कसको दृष्टि सामन्य छ, कसको दृष्टिमा समस्या छ र कसको अन्धापन छ भन्ने कुरा छुट्याउन सकिन्छ ।



के कारणले दृष्टिमा समस्या हुन्छ ?

आँखामा धेरैखाले समस्या हुन्छन् । कसैले जन्मजात दृष्टि गुमाएका हुन्छन् । कसैको विभिन्न संक्रमणले आँखाको ज्योति हराउन सक्छ । आँखा सम्बन्धीका समस्याहरुको सहि उपचारको अभावमा दृष्टि गुमाउनु पर्ने हुनसक्छ । शक्तिशाली प्रकासमा निरन्तर पढ्ने, लेख्ने, निरन्तर कम्प्युटर वा मोवाइलको स्त्रिmनमा हेर्ने, हावामा हानिकारक प्रदूषणको सम्पर्कमा आउनु, पाचन विकार, अन्तुलित खानपान, भिटामिन ए को कमी जस्ता कुरा कमजोर दृष्टिका लागि जिम्मेवार हुन्छ । मदिराको सेवनले पनि आँखामा समस्या निम्त्याउँछ ।

सावधानी

जटिल किसिमको समस्यामा शल्याक्रिया वा विशेष उपचार पद्धतीबाट आँखाको दृष्टि जोगाउन सकिन्छ । यद्यपी सामन्य अवस्थामा भने खानपान, जीवनशैलीमा परिवर्तन गनुपर्ने हुन्छ । यसका साथसाथै विशेष सावधानी अपनाउनुपर्छ ।

–     धूलो, धूँवा, चहकिलो प्रकास, हानिकारक वायु आदिबाट आँखालाई जोगाउनुपर्छ । यसका लागि चस्मा लगाउन सकिन्छ ।

–     आँखा आसपासको भागलाई सधै सफा राख्नुपर्छ । खासगरी सुत्नुअघि आँखा सफा पानीले धुनुपर्छ ।

–     मधुमेह, उच्च रक्तचापले पनि आँखाको दृष्टि कमजोर बनाउँछ, त्यसैले मधुमेह, रक्तचाप नियन्त्रण राख्नुपर्छ ।

–     आँखामा जथाभावी औषधी नराखौं ।

–     कमसल खालको चस्मा लगाउनु हुन्न ।

–     आँखामा कुनै बस्तु पस्यो भने रगड्नु हुँदैन ।

घरेलु उपचार बिधी

१. आँखाको दृष्टि कमजोर भएकाले हरेक दिन गाजरको जुस सेवन गर्नुपर्छ । हरियो एवं ताजा सागपात आफ्नो खानामा सामेल गर्नुपर्छ ।

२. खानामा भिटामिन-ए अनिवार्य सामेल गरौं । गाजर, सुन्तला, मेवा, पहेंलो रंगको सब्जी, पालक, धनिया, माछा, अन्डामा भिटामिन ए बिद्यमान हुन्छ ।

३. मोतियाबिन्दुको समस्या भिटामिन सिको कमीले हुनेगर्छ । त्यसैले भिटामिन सि प्राप्त गर्नका लागि सुन्तला, कागति, गोलभेडा, गोभी जस्ता खानेकुरा सेवन गर्नुपर्छ ।

४. बदाम, ओमेगा-३ फ्याटी एसिड, भिटामिन इ र एन्टि अक्सिडेन्टयुक्त खानेकुराले दृष्टिमा सुधार ल्याउँछ ।

अन्य विधी के छ ?

–     रातभर पानीमा १० वटा जति बदाम भिजाएर राख्ने । बिहान त्यसको बोक्रा उतारेर पेस्ट बनाउने । यस पेस्टलाई तातो दुधसँग सेवन गर्नुपर्छ । यसलाई केहि महिनासम्म निरन्तरता दिनुपर्छ ।

–     पिसेको सुकुमेललाई दुधमा राखेर उमाल्ने । यसलाई राती पिउने गर्नुपर्छ, जसले आँखालाई स्वस्थ्य बनाउँछ ।

–     धनियाको तीन भागका साथ एक भाग चिनीको मिश्रण तयार गर्ने । यसलाई पिसेर पानीमा उमाल्ने, एक घण्टा त्यतिकै राख्ने । एक सफा कपडाले छानेर उक्त रस पिउनुपर्छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget