Websoft University

www.radiomakalu.com || 021-522512


मधुमेह एवं ब्लड सुगर लेभल नियन्त्रण गर्ने ८ विधी




‘खानदानी’ रोग अर्थात मधुमेह । मीठो-मसिनो खाने र ऐश-आरम गर्ने व्यक्ति यसको जोखिममा हुन्छन् । यद्यपी रोगले न बर्ग हेर्छ, न उमेर । जो कसैलाई यस्तो रोगले गाँज्न सक्छ । यद्यपी यस्तो रोग निम्त्याउनेमा हाम्रो जीवनशैली जिम्मेवार मानिन्छ । अस्वस्थ्यकर जीवनशैली र खानपानले मधुमेह रोग लाग्ने संभावना बढाउँछ । अहिले साना बच्चाहरु समेत यसको सिकार भएको पाइएको छ ।

अहिले मधुमेह रोगी दिनहुँ बढ्दो छ । अस्तव्यस्त जीवनशैली, खराब खानेकुरा र व्यायमको कमीले मधुमेह जस्ता रोग निम्याउने गर्छ । जब मधुमेहले समात्छ, तब त्यसबाट छुटकारा पाउन गाह्रो हुन्छ । मधुमेह पूर्ण रुपमा निर्मूल हुने पनि होइन, बरु यसलाई नियन्त्रित भने गर्न सकिन्छ । मधुमेह वा ब्लड सुगर लेभललाई कसरी नियन्त्रण गर्ने त ?

१. खानामा जौ सामेल गर्ने
जौ सजिलै उपलब्ध हुने अन्न हो । यदि हामीले खानाको रुपमा जौको प्रयोग गर्ने हो भने, यसले ब्लड सुगर लेभल नियन्त्रण गर्छ । किनभने जौमा फाइबरको मात्रा अधिक हुन्छ । यसले शरीरमा ग्लुकोजको स्टरलाई मेटाबोलाइज गर्न मद्दत गर्छ ।

२. टहल्ने
विशेषज्ञका अनुसार बिहान र साँझ नियमित रुपमा १५ मिनेट हिँड्ने गर्नुपर्छ । यसले शरीरमा ब्लड सुगर लेभललाई नियन्त्रण गर्छ । मधुमेह रोगीको लागि हिँडडुल गर्नु राम्रो व्यायम हो ।

३ मेथी
ब्लड सुगर लेभल नियन्त्रण राख्नका लागि मेथी निकै राम्रो खाद्य पदार्थ हो । यसका लागि एक चम्चा मेथी पाउडर तातो दुधमा मिलाएर दिनहुँ पिउनुपर्छ । यसले तपाईको ब्लड सुगर लेभल नियन्त्रण गर्छ ।



४. फल खाने
ताजा फलमा भिटामिन ए र सी हुन्छ, जसले रगत र हड्डी स्वस्थ्य राख्छ । यसका साथै जिंक, पोटासियम, आयरन, फाइबर पनि हुने भएकाले ब्लड सुगर लेभल नियन्त्रण गर्छ ।

५. सब्जी खाने
पालक, गोभी, करेला, लौका जस्ता सब्जी मधुमेह रोगीका लागि निकै उपयोगी हुन्छ । यसमा कम क्यालोरी हुनका साथै भिटामिन सि, म्यागनेसियम धेरै हुन्छ ।

६. प्रशस्त पानी पिउने
मधुमेह रोगीले दैनिक अढाई लिटर पानी पिउनैपर्छ । यसले मधुमेह नियन्त्रण गर्न सघाउ पुर्‍याउँछ ।

७ भिटामिन डी
शरीरमा भिटामिन डीको कमीले इन्सुलिनको मात्रा बढ्छ । यसैले सहि मात्रामा भिटामिन डि लिनुपर्छ, जसले ब्लड सुगरको लेभल कम गर्छ ।- अनलाइनखबरबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget