Websoft University

www.radiomakalu.com || 021-522512


डिपीएलमा सिवाइसी अत्तरियाको बिजयी सुरुवात



धनगढी प्रिमियर लिग क्रिकेटको पहिलो खेलमा काठमाडौं गोल्डेन्सबिरुद्ध ४० रनको जित हासिल गर्दै सिवाईसी अत्तरियाले प्रतियोगितामा शानदार सुरुवात गरेको छ ।


सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ज्ञानेन्द्र मल्लको टोली अत्तरियाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १४६ रन बनाएको थियो ।

अत्तरियाका लागि युवा ब्याट्सम्यान योगेन्द्र सिंह कार्कीले ५७ रनको अर्धशतकीय पारी खेले । ४१ बलको सामना गरेका उनले ७ चौका र १ छक्का प्रहार गरे ।

त्यस्तै ज्ञानेन्द्र कुवँर ३४ र प्रदीप ऐरी १३ रनमा अविजित रहे । अत्तरियाका लागि दिलिप नाथले १५ र रोशन नेपालीले १० रन बनाए । कप्तान ज्ञानेन्द्र मल्ल भने ७ रनको व्यक्तिगत स्कोरमा रनआउटको शिकार भए ।

बलिङतर्फ काठमाडौंका सोमपाल कामीले २ तथा मञ्जित श्रेष्ठ, सन्तोष भट्ट र रोहित पौडेलले एक एक विकेट लिए ।

१४७ रनको लक्ष्य पछ्याएको काठमाडौं गोल्डेन्स १८.४ ओभरमा १०६ रनमै समेटिएपछि अत्तरियाको ४० रनको जित निश्चित भएको हो ।

छैटौं नम्बरमा ब्याटिङमा आएका सोमपाल कामीले ४० र नवौं नम्बरमा ब्याटिङमा आएका सन्तोष भट्टले ३१ रनको योगदान दिएपनि काठमाडौंका अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

काठमाडौंको इनिङ ध्वस्त पार्ने क्रममा बलिङमा अत्तरियाका अभिनाश बोहोराले ४ तथा बिनोद लामाले ३ विकेट लिए ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget