Websoft University

www.radiomakalu.com || 021-522512


मेयर र उपमेयरका उम्मेदवारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?



काठमाडौं, चैत २८ गते  । स्थानीय तहको आगामी चुनावमा महानगरका मेयर र उपमेयरले ७ लाख ५० हजारसम्म खर्च गर्न पाउने भएका छन् ।


उपमहानगरमा यो सीमा ५ लाख ५० हजार र नगरमा ४ लाख ५० हजार तोकिएको छ ।

निर्वाचन आयोगले उम्मेदवारहरुले विभिन्न शीर्षकमा गर्न पाउने चुनावी खर्चको सीमा नै तोकेको छ ।

आयोगले बनाएको सूची अनुसार मेयर र उपमेयरका उम्मेदवारले मतदाता नामावली (भोटर लिस्ट) किन्न एक हजार खर्च गर्न सक्नेछन् ।

प्रचार प्रसारमा पोष्टर टाँस्न रोक लगाइएको छ । तर, छापा तथा विद्युतीय माध्यममा प्रचार प्रसार गर्न पाइनेछ । आयोगले प्रचार प्रसार सामाग्री, ढुवानी र अन्य प्रचार प्रसार गरेर तीन शीर्षकमा खर्च छुट्याएको छ ।

महानगरका मेयर र उपमेयरका उम्मेदवारले प्रचार प्रचारमा जम्मा २ लाख २० हजार खर्च गर्न पाउनेछन् । उपमहानगरका उम्मेदवारले २ लाख र नगरका उम्मेदवारले प्रचार प्रचारमा जम्मा १ लाख ७० हजार खर्च गर्न पाउनेछन् ।

उम्मेदवारहरुले हेलिकोप्टर प्रयोग गर्न पाउने छैनन् । तर, सवारी साधन र घोडा प्रयोग गर्न पाइनेछ ।-अनलाइनखबरबाट


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget