Websoft University

www.radiomakalu.com || 021-522512


सीके राउतविरुद्ध राज्य विप्लवको मुद्दा, ६ दिन थुनामा राख्न अनुमति




भैरहवा, वैशाख ३ गते । जिल्ला अदालत रुपन्देहीले देश विखण्डनको अभियान चलाउने डा. सिके राउतलाई ६ दिन थुनामा राख्न अनुमति दिएको छ ।


जिल्ला अदालत सिराहाले १० हजार धरौटीमा छाडे लगतै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

आइतबार विहान भैहरवा पुर्‍याइएका राउतविरुद्ध राज्य विप्लवको मुद्दा दायर गरिएको छ । अदालतले उनलाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

राउतलाई म्याद थपका लागि अदालतमा हाजिर गराउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो भने पत्रकारहरुलाई अदालत परिसरबाट बाहिर निकालिएको थियो ।

राउतको विषयमा प्रहरीले केही जानकारी दिन मानेको छैन । प्रहरीले राउतसहित ७ जनाविरुद्ध जिल्ला अदालतमा राज्य विप्लवको मुद्दा दायर गरेको छ ।- अनलाइनखबरबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget