Websoft University

www.radiomakalu.com || 021-522512


फोहोरमैला पुरिएर मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो


फोहोरमैला पुरिएर मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो
कोलम्बो । श्रीलङ्काको राजधानी कोलम्बोमा फोहोरमैला पुरिएर मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ । घटनामा परी मृत्युहुनेको सङ्ख्या आइतबारसम्म २१ पुगेको स्थानीय प्रहरी अधिकारीले सोमबार जानकारी दिएका छन् । फोहोरमा पुरिएकालाई उद्धार गर्न सयाँैं सुरक्षाकर्मीले तैनाथ भएका छन् । गत शुक्रबार ९० मिटर अग्ला बाँध भत्किएपछि आएको फोहोर सहितको बाढीको कारण २१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १४५ वटा घर क्षतिग्रस्त बनाएको छ ।


“घटनास्थलमा निकै तिव्रताका साथ उद्धार तथा सहयोगको प्रयास गरिएको छ,” एक जना उच्च प्रहरी अधिकारीले भन्नुभयो, “यस्तो जटिल अवस्थामा पुरिएका मध्ये कोहीपनि जिवितै होला भन्ने कल्पना गर्न धेरै गाह्रो छ ।” राजधानीदेखि उत्तरपूर्वी क्षेत्रमा पर्ने कोलोन्नावामा आएको शुक्रबारको प्रकोपमा परी एक जना महिला र तीन जना पुरुष हराइरहेको खवर आएको पनि उहाँले बताउनुभयो ।

कोलम्बो नेसनल हस्पिटलले मृत्यु भएका २१ जनामध्ये ११ देखि १५ वर्ष उमेर समुहका चार जना बालबालिका रहेको जनाएको छ । अस्पतालका प्रवक्ता पुष्प सोयसाले हराइरहेकाको अहिले पनि खोजी भइरहेको बताउनुभयो । रासस÷एएफपी

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget