Websoft University

www.radiomakalu.com || 021-522512


राष्ट्रपति भण्डारी आज भारत जानुहुँदै

Bidya-Devi-Bhandari

काठमाडौँ, वैशाख ४ गते ।  राष्ट्रपति विद्यादेवी भण्डारी ३४ सदस्यीय टोलीसहित सोमबार भारतको राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ ।  सरकारले राष्ट्रपति भण्डारी भारत भ्रमणमा जाने र आउने दुवै दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
राष्ट्रपति भण्डारीले पहिलो विदेश भ्रमणका रूपमा छिमेकी भारतको पाँचदिने भ्रमण गर्न लाग्नुभएको हो ।  आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिको भारत भ्रमण स्वीकृत गर्दै बिदाको निर्णय गरेको छ ।
राष्ट्रपतिको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, शान्तिमन्त्री सीतादेवी यादव, सांसदहरू किरण यादव, उषा शाह, सीता नेपाली, पूर्व राज्यमन्त्री र पूर्व सांसदलगायत रहनुभएको छ ।  भ्रमण टोलीमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका १५ कर्मचारी पनि सहभागी हुनुहुने छ ।
राष्ट्रपति भण्डारीको भारतीय समकक्षी प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा छिमेकी मुलुक भारतको पहिलोचोटि भ्रमण हुन लागेको हो ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले भारतीय समकक्षी मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।  भारतमा रहँँदा राष्ट्रपति भण्डारी विभिन्न स्वागत समारोहमा सहभागी हुनुुहुनेछ ।  भ्रमणका क्रममा उहाँ गुजरात र उडिसा राज्य पनि पुग्ने कार्यक्रम छ ।
यसअघि राष्ट्रपति भण्डारीको औपचारिक निमन्त्रणामा भारतका राष्ट्रपति प्रणव मुखर्जीले गत कात्तिक २७ देखि २९ गतेसम्म नेपालको भ्रमण गर्नुभएको थियो ।
गणतान्त्रिक नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादवले २०६६ फागुन ३ गतेदेखि भारतको राजकीय भ्रमण गर्नुभएको थियो ।
नेपाल गणतन्त्रात्मक मुलुक भएपछि पहिलो पटक छिमेकी राष्ट्र भारतबाट राष्ट्रपति मुखर्जीको नेपाल भ्रमण भएको हो ।  त्यसअघि भारतीय राष्ट्रपति केआर नारायणनले २०५५ जेठ १४ गते नेपाल भ्रमण गर्नुभएको थियो ।
यसैबीच, राससका अनुसार राष्ट्रपति भण्डारीको भारत भ्रमणका सन्दर्भमा पूर्वप्रधानमन्त्री सुुशील कोइरालाका विदेश मामिला सल्लाहकार डा. दिनेश भट्टराई संविधानतः आलङ्कारिक राष्ट्रपतिको यो भ्रमण पनि आलङ्कारिक नै हो भन्नुहुन्छ । उहाँले भन्नुभयो, “गत नोभेम्बरमा भारतीय राष्ट्रपतिको नेपाल भ्रमणलगत्तै हाम्रा राष्ट्रपतिको तय भएको भारत भ्रमण अहिले हुन लागेको छ । यो सद्भावपूर्ण हुने मेरो विश्वास छ ।”
राष्ट्रपतिको यो पहिलो विदेश भ्रमणलाई आत्मीय र सम्मानजनक बनाउनु राष्ट्रका लागि इज्जतको विषय हुने भएकाले त्यसअनुसार भ्रमणलाई सफल बनाउनु राज्यको दायित्व हुने उहाँको धारणा छ ।
राष्ट्रपति अहिले आलङ्कारिक भए पनि उहाँको पृष्ठभूमि राजनीतिक भएकाले पनि भारत सरकारले राष्ट्रपतिमार्फत नेपालको संविधान, आसन्न निर्वाचन र मधेसका असन्तुष्टिका विषयमा प्रत्यक्ष देखिने गरी नभएर साङ्केतिक रूपमा केही सन्देश दिन अवसरका रूपमा यस भ्रमणलाई लिनसक्ने अनुमान गर्न सकिने उहाँले बताउनुभयो ।
नेकपा (एमाले)का नेता तथा विदेश मामिला विज्ञ डा. राजन भट्टराईले नेपालमा संविधान जारी भएपछि संविधानतः संवैधानिक सर्वोच्च निकायका तर्फबाट हुन लागेको यस भ्रमणले दुईपक्षीय सम्बन्धलाई अझै उँचो बनाउने विश्वास व्यक्त गर्नुहुन्छ ।
उहाँले भन्नुभयो, “संविधान जारी भएपछि राष्ट्रपतिबाट हुन लागेको यो पहिलो विदेश भ्रमणलाई छिमेकी राष्ट्र भारतले पनि महत्व दिएको छ । दुई स्वतन्त्र र सार्वभौम राष्ट्रका राष्ट्र प्रमुखबीचको भेटले आगामी दिन दुई मुुलुकबीच रहेका मतभिन्नता चिर्न थप मद्दत पुग्नेछ ।”
राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले नेपालमा समावेशी संविधान जारी भएपछिको राष्ट्रपतिको पहिलो विदेश भ्रमण भएकाले पनि यो आफैँमा महìवपूर्ण रहेको बताउनुभयो ।  उहाँले यस भ्रमणले नेपाली जनता र भारतीय जनताबीचको अगाध माया र स्नेहको सम्बन्ध अझै कसिलो बन्ने विश्वास व्यक्त गर्नुभयो ।
नेकपा (माओवादी केन्द्र)का नेता तथा पार्टी प्रवक्ता पम्फा भुसालले संविधानतः संवैधानिक राष्ट्रपतिको यस भ्रमणले आपसी सम्बन्ध अझै सुदृढ बन्ने बताउनुभयो । राष्ट्रप्रमुखको हैसियतले हुन लागेको राष्ट्रपति भण्डारीको भारत भ्रमण कुनै राजनीतिक विषयमा भन्दा पनि सद्भाव अभिवृद्धिका लागि हुनुपर्ने धारणा उहाँले राख्नुभयो । -राजेश चाम्लिङ राई




Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget