Websoft University

www.radiomakalu.com || 021-522512


‘मोर्चासहित दुई चरणमा निर्वाचन

‘मोर्चासहित दुई चरणमा निर्वाचन


काठमाडौ, बैशाख ३ गते ।    कांग्रेसले मधेसी मोर्चालाई सहमतिमा ल्याएर दुई चरणमा स्थानीय तहको निर्वाचनमा जानुपर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको शीर्ष नेतासहित प्रदेश नम्बर २ का जिल्ला सभापति, सांसद र केन्द्रीय सदस्यहरूको संयुक्त बैठकले वैशाख ३१ का लागि तय चुनाव स्थगन नगरी प्रदेश नम्बर २ र ५ मा दोस्रो चरणमा चुनाव गर्ने निष्कर्ष निकालेको हो ।
‘मधेसी मोर्चासँग वार्ता गरेर दोस्रो चरणमा मधेसमा चुनाव गर्ने गरी दुई चरणमा स्थानीय तहको चुनाव गर्ने वातावरण बनाउने निष्कर्ष बैठकले निकालेको छ', बैठकमा सहभागी केन्द्रीय सदस्य महेन्द्र यादवले अन्नपूर्णसँग भन्नुभयो, ‘त्यसका लागि कांग्रेस नेतृत्वले मोर्चासँग वार्ता गरेर सहमतिमा ल्याउन पहल गर्ने सहमति भएको छ ।'
यसअघि कांग्रेसका मधेसी सांसद र केन्द्रीय सदस्यले नै मधेसमा दोस्रो चरणमा चुनाव गर्न नहुने धारणा व्यक्त गर्दै आएका थिए । मधेसी मोर्चाले सरकारले संसद्मा पेस गरेको पाँचबुँदे संविधान संशोधन प्रस्तावप्रति असहमति जनाउँदै चुनाव बहिष्कार गर्ने निर्णय गरेपछि कांग्रेस लचिलो भएको हो । बैठकले मधेसी मोर्चालाई सहमतिमा ल्याउन तत्काल वार्ताको पहल गर्ने निर्णय गरेको छ । बैठकमा सभापति शेरबहादुर देउवाले मधेसप्रति आफू संवेदनशील भएको बताउँदै मधेसी मोर्चासँग तत्काल वार्ताको पहल गरी समस्या समाधान गर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
बैठकमा कोषाध्यक्ष सीतादेवी यादवलगायत केहीले भने दुई चरणमा नभई केही समय पर सारेर भए पनि एकै चरणमा चुनाव गर्नुपर्नेमा जोड दिएका थिए ।
‘मधेसको समस्या समाधान गर्नेमा म प्रस्ट छु', देउवाले बैठकमा भन्नुभयो, ‘मधेसी मोर्चालाई सहमतिमा ल्याएर चुनावको वातावरण बनाउँछु ।' बैठकमा वैशाख ३१ का लागि तोकिएको स्थानीय चुनावलाई पहिलो चरणमा गरी दोस्रो चरणमा प्रदेश नम्बर २ र ५ मा चुनाव गर्ने गरी निर्णयमा पुग्न सकिने धारणा अधिकांशले व्यक्त गरेका थिए । बैठकले मधेसी मोर्चालाई वार्ताका लागि आह्वान पनि गरेको छ । ‘मधेसी मोर्चालाई सहमतिमा आउन वार्ताका लागि बैठकले आह्वान गरेको छ', यादवले भन्नुभयो ।

Yamaha
केन्द्रीय सदस्य यादव, फरमुल्ला मन्सुर, रमेश रिजाल, जिल्ला सभापति उमेश यादवलगायतले मधेसी मोर्चासँग सहमति गरेर दुई चरणमा चुनाव गर्नुपर्ने बताउनुभएको थियो । कोषाध्यक्ष सीतादेवी यादवलगायत केहीले भने दुई चरणमा नभई केही समय पर सारेर भए पनि एकै चरणमा चुनाव गर्नुपर्नेमा जोड दिनुभएको थियो । बैठकमा अधिकांशले वर्तमान सरकार गठन हुँदा मधेसको असन्तुष्टि समाधान गर्ने लिखित सहमति गरिएको स्मरण गराउँदै सहमति गरेर मात्रै मधेसमा चुनावमा जानुपर्ने धारणा राखेका थिए । ‘
यो सरकार गठन हुँदाको एउटा मुख्य जिम्मेवारी भनेको मधेसको असन्तुष्टिलाई सम्बोधन गरी संविधान संशोधन गर्ने भन्ने थियो', केन्द्रीय सदस्य फरमुल्ला मन्सुरले भन्नुभयो, ‘त्यसैले संशोधन प्रस्तावलाई तार्किक निष्कर्षमा पुर्‍याएर मात्रै मधेसमा चुनाव गर्ने भन्ने अधिकांशको धारणा आएको छ।'
बैठकमा बोल्ने प्रदेश नम्बर २ का जिल्ला सभापतिहरूले पनि अधिकांशले अहिलेको समस्या भनेको पहाडमा नभई मधेसमा भएकाले पनि समस्या समाधान गरेर मात्रै चुनावमा जानुपर्ने धारणा राखेका थिए । उनीहरूले संविधान संशोधन प्रक्रियाले केही समय ढिला हुने भए दोस्रो चरणमा मधेसमा चुनाव गर्न सकिने सुझाव पनि दिएका थिए । सरकारले पेस गरेको संशोधन प्रस्तावमा केही संशोधन गरेर अघि बढ्न कांग्रेस तयार हुनुपर्नेउनीहरूको धारणा थियो ।
वैशाख ३१ मा पहिलो चरण र दोस्रो चरणमा मधेसमा जेठ १० गते चुनाव गर्न सकिने उनीहरूको सुझाव थियो । मधेसबाट प्रतिनिधित्व गर्ने सांसद, केन्द्रीय सदस्य र जिल्ला सभापतिहरूको धारणा सुनेपछि सभापति देउवाले मेधसी मोर्चालाई सहमतिमा ल्याउने अधिकतम पहल गर्ने प्रतिवद्धता बैठकमा गर्नुभएको थियो । उहाँले मधेसी मोर्चालाई पनि अधिकतम सहमतिको बिन्दुमा ल्याएर सहमति गरी चुनावमा जानुपर्ने धारणा बैठकमा राख्नुभएको थियो।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget