Websoft University

www.radiomakalu.com || 021-522512


जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन स्थानीयको माग



मिथिलाको प्राचीन राजधानी जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन जनकपुरवासीले सरकारसँग आग्रह गरेका छन् ।

जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीकृत गराउन स्थानीय स्तरबाट पहल हुँदै आए पनि सरकारले अग्रसरता नलिएको उनीहरुले गुनासो गरेका छन् । करिब चार सय वर्षको इतिहास बोकेको जनकपुर शहरमा रहेको जानकी मन्दिरको इतिहास एक सय ५० वर्षभन्दा माथि छ । तर, मन्दिरले अहिलेसम्म विश्व सम्पदा सूचीमा स्थान पाएको छैन ।


राजा मणिक सेनल १७८४ सालमा एक हजार ४ सय बिघा सीतारामको भोगरागका लागि जमिन दान गरेका थिए । यस्तै, १७९० साल फागुन ७ गतेका दिन हेमकर्ण सेनले जग्गाको सिमाना गुठी थामिदिएको र नेपालको एकीकरणपछि पृथ्वीनारायण शाहबाट सो जग्गा कुशविर्ताकै रुपमा उपलब्ध गराएको १८६७ सालको गिर्वाणयुद्ध वीरविक्रम शाहको लालमोहरमा उल्लिखित छ ।

सीताको जन्मभूमि समेत रहेको जनकपुरको जानकी मन्दिर हिन्दुहरुको पवित्र धार्मिक स्थलका रुपमा परिचित छ । जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन समुदाय स्तरबाट विभिन्न अभियान सञ्चालन गरिए पनि यसले ठोस रुप लिन सकेको छैन ।

जानकी मन्दिरलाई ट्रष्टको रुपमा विकास गरेर विश्व सम्पदा सूचीका लागि पहल बढाउनुपर्ने स्थानीय बुद्धिजीवीको भनाइ छ । आवश्यक संरचनाको विकास गरी जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीकृत गराइए जनकपुरमा पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने स्थानीयको अपेक्षा छ ।

जानकी मन्दिर नौलखा, जानकी भवन र शिशमहल नामले पनि प्रख्यात छ । मुगल वास्तुशैली र हिन्दू वास्तुशैलीको सङ्गमबाट बनेको सो मन्दिरले वास्तु कलाकारिताको नमूना समेत उजागर गर्छ । ४९ हजार ५ सय ५५ वर्गफिटमा फैलिएको सो मन्दिर करिब ५० फिट अग्लो छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget