एकातिर काम, अर्को तिर हिसाब-किताब

भैरहवा, चैत २१ गते । राष्ट्रिय गौरवको आयोजना रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्यको ठेक्का पाएको चिनियाँ कम्पनी र सब कन्ट्रयाक्टर नेपाली कम्पनी बिच रकम विवाद कारण रोकिएको विमानस्थलको निर्माण कार्य सुचारु भएको छ ।
चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन र नेपाली कम्पनी नर्थ वेस्ट इन्फ्रा नेपालबीचच रकमको विवाद कारण केही दिन रोकिएको विमानस्थलको निर्माण कार्य चिनियाँ कम्पनीले आफैंले सुचारु गरेको आयोजनाका निर्देशक एवम् प्रमुख ओम शर्माले जानकारी दिए ।
चिनियाँ कम्पनी र नेपाली कम्पनीबीच रकम विवादका कारण केही दिन रोकिएको विमानस्थलको निर्माण को काम चिनियाँ कम्पनीले तत्काल आफूले भ्याएसम्म निर्माण कार्य गरिरहेको छ आयोजना प्रमुख शर्माले अनलाइनखबरसगँ भने अहिले उसले आफ्नो जनशक्ति प्रयोग गरेर विमानस्थलको टर्मिनल भवन र फायर भवनको निर्माण कार्य गरिरहेको छ ।
सरकारबाट विमानस्थल निर्माण कार्यको ठेक्का पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले नेपाली कम्पनीलाई निर्माण कार्य जिम्मा दिएको थियो ।
निर्माण कार्य जारी रहेको अवस्थामै नेपाली कम्पनीले आफुलाई चिनियाँ कम्पनले काम गरेको भुक्तानी नगरेको भन्दै विमानस्थलको निर्माण कार्य रोकेको थियो ।
दुवै कम्पनीको विवादको कारण बन्द भएको विमानस्थलको निर्माण कार्य सुचारु गराउनका लागि सरकार स्तरबाटै दुवै पक्षबीच छलफल भएको थियो ।सो छलफलमा विमानस्थलको निर्माणको लागि नेपाली कम्पनीले गरेको कामको नाँपजाँच गर्ने, नापजाँच पछि ५ दिनभित्र नेपाली कम्पनीले चिनियाँ कम्पनीलाई बीलबिजक उपलब्ध गराउने र बिलबिजक प्राप्त भएको ७ दिनभित्र दुवै कम्पनीले सहमति गर्ने निर्णय भएको थियो ।
निर्णयअनुसार नेपाली कम्पनीले गरेको नापजाँच कार्य सकिएको र पेश गरिएको बिलबिजक अनुसार रकमको विषयमा दुवै कम्पनीबीच छलफल (हिसाब-किताब) जारी रहेको आयोजना प्रमुख शर्माले बताए ।
दुवै पक्ष टेबलमा बसेर छलफल गरिरहेका छन् उनले भने केही दिनभित्र उनीहरुको विवाद मिल्नेछ र विमानस्थलको निर्माणकार्यले गति लिनेछ ।

२०२३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतमबुद्ध बिमानस्थललाई स्तरउन्नती गरी अन्तर्राष्ट्रिय बिमानस्थलका रुपमा निर्माण गर्न चिनियाँ कम्पनीको नर्थ वेस्ट एभियसन कम्पनिले ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँमा ग्लोबल टेन्डर बाट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने सम्झौता गरेको थियो ।
तर, मधेस आन्दोलन कारण विमानस्थल निर्माण कार्यमा बाधा उत्पन्न भएकोले उसले सन् २०१८ जुन महिनासम्म निर्माण कार्यको लक्ष्य पाएको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा अन्तराष्ट्रिय बिमानस्थलको निर्माण कार्य सुरु भएको हो ।

सलमान खान,अनलाइनखबरबाट

Post a Comment