Websoft University

www.radiomakalu.com || 021-522512


बच्चालाई खाना अरुचि छ, यसो गर्नुहोस्

डा. सुनीलराज मानन्धर, बालरोग विशेषज्ञ

बच्चालाई खाना अरुचि छ, यसो गर्नुहोस्

सामान्यतया नौ महिना पूरा भएपछि बच्चाले खानाको स्वाद थाहा पाउन थाल्छन् । सोही कारण यो समयपछि सधैँ एकै स्वादका खाना खुवाउँदा खाने मन गर्दैनन् । नौ महिनादेखि अढाई वर्षसम्मका केटाकेटीमा यस्तो समस्या बढी देखिन्छ । त्यसैले खानामा फरक–फरक स्वाद मिश्रण गरेर रुचि जगाउन सकिन्छ । लिटोमा अनारको रस, सुन्तलाको रस, कागतीको रस मिलाएर फरक–फरक स्वाद दिन सकिन्छ । यस्तै, बिहान लिटो खुवाइएको छ भने दिउँसो फलफुल र बेलुका भात मिचेर दालको रससँग खुवाउन सकिन्छ । तर, योबाहेक स्वास्थ्यसम्बन्धी केही समस्या देखिएमा पनि खाना खान मन गर्दैनन्ः

—बच्चालाई जुका परेको समयमा खाना खान आनाकानी गर्छन् । यस्तो वेला पेट दुख्ने–फुल्ने, शरीर सुक्दै जानुका साथै खान मन नगर्ने र अत्यधिक रुने गर्छन् । खानपिनमा लापरबाही, सरसफाइमा कमी, दिसा–पिसाबमा ख्याल नगर्दा फित्ते जुकाको सम्भावना हुन्छ । त्यसैगरी, खाली गोडा हिँड्ने बालबालिकामा अंकुसे जुका पर्न सक्छ । बच्चा हिँड्ने वेलामा पैताला र गोडाका औँलाबीच रहेका कापको कमलो भागबाट यो जुकाको लार्भा बच्चाको शरीरभित्र छिरेर रगतका माध्यमबाट ड्युडेनममा बस्दै रगत चुस्छ । यस्तो जुनसुकै जुका परे पनि बच्चाले खान मन गर्दैनन् । चिकित्सक या स्वास्थ्यकर्मीको सल्लाहमा अल्बेन्डाजोल भन्ने औषधि खुवाउनुपर्छ । जुका भए–नभएको दिसाको सामान्य जाँचबाटै थाहा हुन्छ । खाना खान मन नगरेर अस्पताल ल्याइने बच्चामध्ये २० प्रतिशतमा जुका परेको पाइन्छ ।

—खानपानमा गडबढी भए भर्खरै जन्मेको बच्चालाई पनि ग्यास्ट्राइटिस हुन्छ । बच्चालाई ग्यास्ट्रिक हुने प्रमुख कारण जंकफुड हो । जंकफुड बच्चाले पचाउन सक्दैनन् । यस्ता खानामा स्वादका लागि प्रयोग गरिएका केमिकलले बच्चाको पेटमा ग्यास्ट्राइटिस बढाइदिन्छ जसले गर्दा खान मन लाग्दैन । खाना खान मन नगरेर अस्पताल ल्याइनेमध्ये १५ प्रतिशत बच्चामा जंकफुडको कारण ग्यास्ट्राइटिस भएको पाइन्छ ।

—बच्चा बारम्बार बिरामी भएर लामो समयसम्म एन्टिबायोटिक प्रयोग गरिएको छ भने पनि खाना खान मन गर्दैनन् । यस्तो वेला उनीहरूलाई मनपर्ने स्वाद पहिचान गरी खानामा मिलाएर खुवाउनुपर्छ । एन्टिबायोटिक खुवाउन छोडेसँगै बच्चाले बिस्तारै खानामा मन लगाउन थाल्छन् ।

—मानिसको पेट र खानानलीको जोर्नीमा रहने एउटा भल्बले पेटमा जम्मा भएको अम्लीय पदार्थलाई माथि जान दिँदैन । बच्चा जन्मिँदै यो भल्ब खुकुलो छ भने अम्लीय पदार्थ बाहिर निस्कने सम्भावना हुन्छ । अम्लीय पदार्थ बाहिर निस्किने गरेपछि बच्चाले खाना खान मन गर्दैन । यस्तो समस्या भएका बच्चालाई तत्काल विशेषज्ञ चिकित्सककहाँ लगेर उपचार गराउनुपर्छ ।

—निमोनिया, टन्सिलजस्ता संक्रमण भएका वेला पनि बच्चाहरू खान मन गर्दैनन् । रुघाखोकी, नाक टालिएको, झाडाबान्ता लागेको भए पनि खानामा रुचि राख्दैनन् । यो उमेरमा केटाकेटी बामे सर्ने या जताततै हिँड्ने, जे पायो त्यही खाने हुँदा पेटजन्य संक्रमण हुने र खान मन नगर्ने हुन्छ ।

नयाँ पत्रिकाबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget