Websoft University

www.radiomakalu.com || 021-522512


स्थानीय चुनाव : भक्तपुरका चार नगरमा क–कसको दाबी ?


Sthaniy-chunau-1000x0

भक्तपुर, चैत २२ गते ।  स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारका आकाङ्क्षी धेरै भएपछि भक्तपुरमा क्रियाशील राजनीतिक दलहरूलाई व्यवस्थापन गर्न हम्मेहम्मे भएको छ ।  काँग्रेस, एमाले, नेपाल मजदुर किसान पार्टी, नेकपा (माओवादी) केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीमा उम्मेदवारका आकाङ्क्षी धेरै छन् ।
सबै राजनीतिक पार्टीमा स्थानीय वडा कमिटीले उम्मेदवारको सिफारिस गर्ने र सम्बन्धित नगरपालिका हुँदै जिल्ला कमिटीले स्थानीय तह निर्वाचनको उम्मेदवार ट्ुङ्गो लगाउने व्यवस्था गरिएको छ ।  प्रक्रियाभित्र रहेर स्थानीय राजनीतिक दलका वडादेखि जिल्ला तहसम्मका नेता स्थानीय तहको निर्वाचनमा उमेदवार दिने तयारीमा छन् ।
भक्तपुरमा क्रियाशील पाँचवटै पार्टीभित्र नगरपालिकको मेयर, उपमेयर, वडा अध्यक्ष र वडा सदस्य बन्न चाहने आकाङ्क्षीको सङ्ख्या अत्यधिक रहेको सम्बन्धित पार्टीका जिल्ला नेताहरूले जानकारी दिनुभएको छ ।  
नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिका सभापति दुर्लभ थापाले पार्टीमा मेयर, उपमेयर र वडाध्यक्ष र सदस्य पदका लागि उम्मेदवार बन्न चाहनेको सङ्ख्या अत्यधिक भएको बताउनुभयो ।  आकाङ्क्षी भित्रका योग्य, सक्षम र जुझारु व्यक्तिलाई पार्टीले उचित मूल्याङ्कन गरी टिकट दिने उहाँले बताउनुभयो ।  Sthaniy-chunau-1000x0
पार्टीका महासमिति सदस्य प्रवीण वनका अनुसार सूर्यविनायक नगरपालिमामा मेयरको उम्मेदवारमा सुशील बस्नेत, नारायणभक्त खायमली र निशान ढुङ्गेल लगायतका नेताको दाबी छ ।  उपमेयरमा गौरी केसी, कल्पना राजथला, शोभा अधिकारी उम्मेदवार बन्नसक्ने सम्भावना छ ।  भक्तपुर नगरपालिकामा मेयरको उम्मेदवारमा रामप्रसाद काँसुला, नारायण तमाखु र विकेश अवालको दाबी छ भने उपमेयरमा रञ्जना कक्षपति, शारदा झा र गङ्गा अवाल हुनुहुन्छ ।
त्यस्तै मध्यपुर थिमीमा केदार खड्का, मदनकृष्ण श्रेष्ठ, अष्टकुमार कवे, मुरारी आचार्यको दाबी छ भने उपमेयरमा उर्मिला वन, प्रमिला आचार्य र सुशीला नापित चर्चामा हुनुहुन्छ ।  चाँगुमा मेयरको उम्मेदवारमा किरण न्यौपाने, जगन्नाथ कार्की र कृष्णलाल भँडेलको दाबी छ भने उपमेयरमा शुभद्रा काफ्ले र सावित्री लामिछाने चर्चामा हुनुहुन्छ ।
त्यस्तै नेकपा (एमाले) जिल्ला कमिटी भक्तपुरका उपाध्यक्ष वचन देउजाले निर्वाचनका लागि उम्मेदवार बन्न चाहने पार्टी कार्यकर्ताको सङ्ख्या धेरै भए पनि पार्टीले उम्मेदवारको व्यवस्थापन गर्ने दाबी गर्नुभयो ।  उहाँले भन्नुभयो, “उम्मेदवारका आकाङ्क्षी धेरै छन्, तीमध्ये एउटा पदमा एक जना उम्मेदवार हुन्छन्”, उहाँले भन्नुभयो, “हाम्रोभन्दा पनि राम्रा व्यक्तिलाई उम्मेदवार बनाउँछौँ । ”
एमाले जिल्ला कमिटी भक्तपुरका अनुसार सूर्यविनायक नगरपालिकामा वासुदेव थापा र शशीजङ्ग थापाको मेयरमा दाबी छ भने उपमेयरमा हीरामाला शेर्पा, जुना बस्नेत, कल्पना महत र सरिता भट्टराई चर्चामा हुनुहुन्छ ।
भक्तपुरमा विष्णु सुवाल र नारायणसुन्दर नायबा मेयरका लागि चर्चामा हुनुहुन्छ भने उपमेयरमा रीता अवालको दाबी छ ।  मध्यपुर थिमीमा मदनसुन्दर श्रेष्ठ मेयरको उम्मेदवार बन्ने चर्चा छ भने उपमेयरमा सुशीला सुवेदीको नाम आएको जिल्ला कमिटीले जनाएको छ ।  चाँगुमा सोम मिश्र, रमेश बुढाथोकी र मोहनवीर श्रेष्ठले मेयर पदमा दाबी गर्नुभएको छ भने उपमेयरमा बीना बाँस्तोलाको नाम चर्चामा छ ।
नेपाल मजदुर किसान पार्टी जिल्ला कमिटीका अध्यक्ष रमेश थापा श्रेष्ठले आफ्नो पार्टी निर्वाचनमा सक्रिय भइसकेको जानकारी दिँदै कार्यकर्ता जागरण अभियानमा पार्टी लागेको जानकारी दिनुभयो ।  उहाँले उम्मेदवारका आकाङ्क्षी धेरै भएकाले कसलाई स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनाउने भन्ने बारेमा पार्टीले विभिन्न चरणमा सरोकारवालासँग अन्तरक्रिया अभियान सञ्चालन गरिरहेको बताउनुभयो ।  उहाँले अहिले नै  पार्टीले कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय नगरेकाले आकाङ्क्षीको नाम खुलाउन चाहनुभएन ।
नेकपा (माओवादी केन्द्र)का जिल्ला अध्यक्ष डीपी ढकाल र राप्रपाका केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाह आकाङ्क्षीको मागलाई ध्यानमा राखी आफ्नो पार्टीले स्थानीय तहको निर्वाचनमा राम्रा र योग्य व्यक्तिलाई उम्मेदवार बनाउने गरी काम गरिरहेको बताउनुभयो ।
पार्टीभित्रका सबै आकाङ्क्षीलाई उचित सम्मान गर्दै उपयुक्त पदमा टिकट दिने गरी अहिले पार्टीले काम गरिरहेको उहाँहरूको भनाइ छ ।  ढकालले उम्मेदवार बन्न चाहने आकाङ्क्षीको नाम सार्वजनिक गर्न चाहनुभएन ।  
स्थानीय तहको पुनःसंरचनासँगै भक्तपुरमा चारवटा नगरपालिकामा गरी ३८ वटा वडा कायम गरिएको छ ।  सूर्यविनायक र भक्तपुर नगरपालिकामा १०÷१० र मध्यपुर थिमी र चाँगुमा  ९÷९  वटा वडा छन् ।  जिल्ला निर्वाचन कार्यालय भक्तपुरका अनुसार भक्तपुर जिल्लाभर कुल एक लाख ६१ हजार ५२९ जना मतदाता छन् ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget