Websoft University

www.radiomakalu.com || 021-522512


नेपालगञ्जमा चार पार्टीबीच प्रतिस्पर्धा हुने 



local-Election-648x430
नेपालगञ्ज, चैत २२ गते ।  प्रदेश नम्बर ५ को महìवपूर्ण र ठूलो व्यावसायिक केन्द्र तथा आर्थिक राजधानी नेपालगञ्ज उप–महानगरपालिकाको मेयर र उपमेयरका लागि सबै प्रमुख दलले सशक्त उम्मेदवार उतार्ने तयारी गरिरहेका छन् ।
पश्चिम नेपालकै प्रमुख नगर भएकाले पनि सबै दलको आँखा र ध्यान यहाँको प्रमुख पदमा केन्द्रित भएको छ ।  नेपालगञ्जको मेयरका लागि पूर्व सभासददेखि सांसदमा पराजित र पार्टीका केन्द्रीयतहका नेताले दावी गरिरहेका छन् ।
मेयर पदका लागि नेपाली काँग्रेसबाट बाँके पार्टी सभापति किरण कोइराला, पूर्व उपमेयर सुरेन्द्र हमाल, डा. सुरेश कनौडिया, व्यवसायी नेता अच्युत प्रसाई, निजामुद्दिन सिद्दिकी, मोहम्मदी सिद्दिकी, निरञ्जनसिंह सिजापति, प्रशान्त विष्ट, रमेश गुप्तालगायतले दावी गरिरहनुभएको छ ।  बाँके पार्टी सभापति किरण कोइराला पूर्व प्रधानमन्त्री सुशील कोइरालाकी भाइ–बुहारी हुनुहुन्छ ।
एमालेबाट पूर्व उपमेयर सम्सुद्दिन सिद्दिकी, केन्द्रीय नेता मोहम्मद हारुन, व्यवसायी नेता कृष्णप्रसाद श्रेष्ठ, पुराना नेता विजय गुप्ता, महिला नेतृ शान्ति ढकाल, विजया धिताल, दमनकुमार श्रेष्ठ र प्रमोद धितालले दावी प्रस्तुत गर्नुभएको छ ।   local-Election-648x430
त्यस्तै माओवादी केन्द्रबाट व्यवसायी नेता दामोदर आचार्य, केन्द्रीय नेता अतहर हुसेन फारुकी, नवीन शर्मा, कल्पना शर्मा, गोपाल पुुनलगायत मेयरको उम्मेदवारमा चर्चामा हुनुहुन्छ ।  
राप्रपाबाट महामन्त्री तथा पूर्व मेयर डा. धवलशमशेर राणाको उम्मेदवारी घोषणा भइसकेको छ ।
मधेसी मोर्चाले पनि निर्वाचनमा भाग लिने सङ्केत देखिएपछि पूर्व मेयर विजय गुप्ता, पूर्व सासंद सन्ध्यादेव, पशुपति दयाल मिश्र, ललित रौनियार र प्रदीप गुप्तालगायतले दावी गर्नुभएको छ ।
पञ्चायतको समाप्तिपछि भएका दुईवटा स्थानीय निर्वाचनमा काँग्रेस र एमालेले नेपालगञ्ज उप–महानगरपालिकाको नेतृत्व गरिसकेका छन् ।  २०४९ सालमा नेपाली काँग्रेसबाट विजयकुमार गुप्ता र २०५४ सालमा एमालेबाट डा.धवलशमशेर राणाले तत्कालीन नेपालगञ्ज नगरपालिकाको नेतृत्व गर्ने मौका पाउनुभएको थियो ।  तर अहिले परिवेश बदलिएको छ ।  गुप्ता नेपाली काँग्रेस छाडेर मधेसी मोर्चाको एक घटक तमलोपाको केन्द्रीय सदस्यको रूपमा क्रियाशील हुनुहुन्छ भने, डा.राणा एमाले छाडेर राप्रपाको महामन्त्री हुनुहुन्छ ।
नेपालगञ्जको मेयरका लागि जतिसुकैले दावी गरे पनि एमालेबाट पूर्व उपमेयर सम्सुद्दिन सिद्दिकी र नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ मध्येबाट एक जनाले, नेपाली काँग्रेसबाट किरण कोइराला, डा. सुरेशकुमार कनोडिया र अच्युुत प्रसाई मध्येबाट एकजनाले उम्मेदवारी पाउने प्रवल सम्भावना छ ।
नेपालगञ्ज उप–महानगरपालिकामा मुस्लिम र मधेसी मतदाता बढी रहेकाले सबै दलले मेयर र उपमेयरमा मधेसी र मुस्लिममध्ये एकजना उम्मेदवार बनाउने गरी तयारी गरिरहेका छन् ।-सिराजुद्धिन खान ,


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget