Websoft University

www.radiomakalu.com || 021-522512


सुरु भयो ईपीजी बैठक, यस्तो छ एजेण्डा




काठमाडौं, चैत २३ गते । नेपाल र भारतका सन्धि–सम्झौता समयसापेक्ष र सन्तुलित नभएको आवाज उठिरहेका बेला यो विषयमाथि दुवै देशका बुद्धिजीविहरुले छलफल थालेका छन् ।

नेपाल र भारतबीचका सन्धि–सम्झौता पुनरावलोकनका लागि सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले राजधानीमा बुधबारदेखि छलफल थालेको हो ।
यसअघि ईपीजीको बैठक तय भएर पनि दुईपटक सम्म सरेको थियो । अघिल्लोपटक भारतीय निर्वाचनले बैठक प्रभावित भए पनि यसपटक भने दुवै देशका बुद्धिजीवीहरुलाई एजेण्डामाथि छलफल गर्ने अवसर जुटेको छ ।


ईपीजी बैठकले विशेष गरेर सन् १९५० मा भएको बहुचर्चित सन्धिबारे मिहीन छलफल गर्नेछ । छलफलको अर्को एजेण्डा नेपाल–भारत व्यापार सम्बन्ध र जलस्रोतको सहकार्य समेत छ ।

बैठकमा भारतको तर्फबाट भगतसिंह कोसियारीको नेतृत्वमा बुद्धिजीवीहरु राजधानी आइपुगेका छन् । कोसियारी बिजेपीका नेता हुन् । कोसियारीसँगै पूर्वराजदूत जयन्तप्रसाद, महेन्द्रपी लामालगायतको उपस्थिति छ ।

नेपालको तर्फबाट छलफलको नेतृत्व पूर्वराजदूत भेषबहादुर थापाले गरेका छन् । बैठकमा सूर्यनाथ उपाध्यायलगायत नेपाली बुद्धिजीवीहरु सहभागी छन् ।

दुई देशबीचको सन्धि पुनरावलोकनका लागि बैठक फलदायी हुने विश्वास लिइएको छ ।-अनलाइनखबरबाट


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget