जन्डिस को लक्षण, उपचार र जन्डिस भएको बेला मुख वार्नु पर्ने कुरा रगतमा बिलिरुविनको मात्रा बढी भएर आँखा, छाला र मुखभित्र पहेँलो हुनुलाई जन्डिस भनिन्छ। साधारणतया रगतमा बिलिरुविनको मात्रा एक मिलिग्राम र१०० एमएलभन्दा कम हुन्छ। बिलिरुविनको मात्रा तीन मिलिग्रामभन्दा बढी भएमात्र आँखा पहेँलो देखिन्छ। लिरुविन विभिन्न अवस्थामा बढ्न सक्छ र जन्डिस देखा पर्ने तीन विशेष अवस्था छन् १ रगतको रातो कण अत्यधिक नष्ट भएर धेरै बिलिरुविन निस्की कलेजोले त्यसलाई लिन नसक्नु, २ कलेजोको रोग लागेपछि रगतबाट बिलिरुविन लिएर पित्तमा फ्याँक्न नसक्नु ३ पित्तको नली कुनै कारणले अवरुद्ध भई पित्त आन्द्रामा जान नसक्नु। जन्डिस कुनै रोग नभएर विभिन्न रोगमा देखिने लक्षणमात्र हो।
साधारण जन्डिस आफैंले नवजात शिशुबाहेक अरूलाई त्यति असर गर्दैन। वयस्कमा १ हुनु र १० हुनुमा कुनै फरक पर्दैन भने २५ भन्दा माथि पुगेमा मिर्गौलाको समस्या भएका व्यक्ति मा मिर्गौला खराब हुनसक्छ। नत्र बिलिरुविनले आँखा र छाला पहेँलो हुने, पिसाब गाढा हुने, दिसाको रङ हल्का पहेँलो हुने र कहिलेकाहीँ माटोजस्तो हुने गर्छ।
यसबाहेक बिलिरुविनका कारण सारा शरीर चिलाउनसक्छ। शरीरमा अत्यधिक मात्रामा बिलिरुविन उत्पादन भएर त्यसलाई कलेजोले पित्तमा फाल्न नसक्दा जन्डिस हुनसक्छ। यस किसिमको जन्डिसमा बिलिरुविन पाँच मिलिग्रामभन्दा बढी हुँदैन र यसको मात्रा बढ्ने घट्ने भइरहन्छ। रगतको रातो कण अत्यधिक मात्रामा नष्ट हुनु र यो बेला रातो कणको बनावटमा फरक पर्दा फियो अत्यधिक मात्रामा नष्ट हुन जान्छ र बिलिरुविनको मात्रा बढ्छ। असामान्य अवस्थाको रातो कण बन्नु र विभिन्न कारणले गर्दा रातो कणभन्दा असामान्य अवस्थाको रातो कण बन्छ, जसको आयु सामान्य रक्तकणको एक सय २० दिनभन्दा कम हुन्छ। फियोमा नष्ट हुने क्रम बढ्छ र बिलिरुविनको मात्रा बढ्न जान्छ।
अत्यधिक रक्तस्राव स् शरीरको कुनै ठाउँमा अत्यधिक रक्तस्रावपछि जमेको रगत विस्तारै सोसिँदै जान्छ। यदि त्यसको मात्रा बढी छ र सोसिने क्रम चाँडै हुन्छ भने त्यस अवस्थामा पनि जन्डिस हुनसक्छ। जन्डिसको उपचार जन्डिस कुनै रोग नभएर रोगको लक्षणमात्र भएकाले यसको कुनै उपचार गर्नु पर्दैन। विलिरुविनको मात्रा एक मिलिग्राम हुनु र पाँच मिलिग्राम हुनुमा शरीरमा कुनै फरक पर्दैन। बढ्दै गएमा रोग बढिरहेको हुनसक्छ। त्यसैले एकचोटि जन्डिस भएपछि त्यो कुन कारणले भएको हो थाहा पाउन जरुरी हुन्छ। त्यसको उपचार गर्नुपर्ने हुनसक्छ। कतिपय रोगले जन्डिस गराउने भए पनि त्यस रोगको अथवा रोगको कारणको कुनै उपचार गर्नु पर्दैन। जस्तै हानिरहित जन्मजात रोग गिलवर्ट सिन्ड्रोम आदिको उपचार नगर्दा बिरामीको आयु घट्दैन।
हेपाटाइटिस इ, ए र हेपाटाइटिस बीले गर्ने एक्युट हेपाटाइटिसमा कुनै उपचार गर्न पर्दैन। रगतको विभिन्न जाँच गरेर जन्डिसको प्रकार र त्यसको कारण पत्ता लगाउन सकिन्छ। अल्ट्रासाउन्ड भिडियो एक्सरेले शल्यचिकित्साबाट उपचार गर्नुपर्ने जन्डिस छुट्याउन सकिन्छ। कुनै अवस्थामा रोग यकिन गर्न गाह्रो भए कलेजोको टुक्रा निकालेर बायोप्सी जाँच गर्नुपर्छ। मुख वार्नु पर्ने कुरा चिकित्सकका अनुसार नेपाली समुदायमा जन्डिस भन्नेबित्तिकै उसिनेको खानेकुरा, नुन बेसार नभएको, गाँजर, काँक्रो, मेवा, ग्लुकोज र उखुको रस खाने चलन छ। धेरैजसो आयुर्वेदिक चिकित्सकले पनि यही सल्लाह दिने गरेको पाइन्छ। जन्डिस भएको अवस्थामा कलेजो र पित्तको नलीका कारण चिल्लो पदार्थको पाचन क्रियामा असर पर्ने भएकाले चिल्लो कम गर्नुपर्छ। अन्यथा अरू कुनै खाना बार्नु जरुरी छैन। एजेन्सीको सहयोगमा
Post a Comment