Websoft University

www.radiomakalu.com || 021-522512


फोरम लोकतान्त्रिक र राष्ट्रिय जनमुक्तिको एकता घोषणा आज



काठमाडौं, चैत २३ गते   । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकबीच आज बुधबार पार्टी एकता घोषणा हुने भएको छ ।


स्थानीय तह चुनावको तयारीसँगै विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक र शिवलाल थापा नेतृत्वको जनमुक्ति पार्टीबीच एकता हुन लागेको हो ।

एकतापछि पार्टीको नाम नेपाल लोकतान्त्रिक फोरम हुने भएको छ । दुबै पार्टीको झण्डालाई मिलाएर नयाँ बनाइएको छ भने चुनाव चिन्ह फोरम लोकतान्त्रिकको नमस्कार नै राखिएको छ ।

नयाँ पार्टीको अध्यक्ष गच्छदार रहनेछन् भने जनमुक्तिका अध्यक्ष शिवलाल थापालाई सहअध्यक्ष दिइएको छ । फोरम लोकतान्त्रिकको १३५ र जनमुक्तिको ३५ गरी १७० सदस्यीय केन्द्रीय समिति बनाइएको छ ।

तीन प्रतिशतको थ्रेस होल्ड राखेपछि साना दलहरुलाई एकताको दबाव बढेको छ । प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षमा कम्तिमा एक सिट जितेको दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने गरी हालै मात्र राजनीतिक दलसम्वन्धी विधेयक पास भएको छ ।

साथै राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकले स्थानीय चुनावमा स्वतन्त्र चुनाव चिन्ह लिनु पर्ने भएपछि फोरम लोकतान्त्रिकसँग एकता गर्न लागेको हो। -अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget