Websoft University

www.radiomakalu.com || 021-522512


प्रदेश नम्बर ७ मा १३ लाख तीन हजार ६ सय ७५ मतदाता




कैलाली,चैत २३ गते   । निर्वाचन आयोगले वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीअनुसार प्रदेश नं ७ बाट १३ लाख तीन हजार ६ सय ७५ मतदाताले मतदान गनृ पाउने भएकाछन् ।

देश नं ७ मा ६ लाख ३४ हजार ३ सय ३० पुरुष, ६ लाख ६९ हजार ३ सय ३१ महिला र १४ जना तेस्रोलिङ्गी रहेको क्षेत्रीय निर्वाचन कार्यालय कैलालीले जानकारी दिएको छ ।


कैलाली जिल्लामा एक लाख ९७ हजार ८ सय ८७ पुरुष, दुई लाख पााच हजार तीन सय ८६ महिला र सात जना तेस्रोलिङ्गी गरी जम्मा चार लाख तीन हजार दुई सय ८० जनाले निर्वाचनमा मतदान गर्न पाउने भएका छन् ।

कञ्चनपुरमा एक लाख १५ हजार चार सय २२ पुरुष, एक लाख २० हजार तीन सय १२ महिला र एक जना तेस्रोलिङ्गी गरी दुई लाख ३५ हजार ७ सय ३६ जना मतदाता रहेकाछन् ।
यसैगरी डडेल्धुरामा ३७ हजार दुई सय ५४ पुरुष र ३८ हजार पााच सय २६ महिला गरी जम्मा ७५ हजार ७ सय ८० जना मतदाताले मत हाल्न पाउने छन् ।

यसैगरी डोटीमा ४६ हजार ९८ पुरुष र ५४ हजार सात सय ८९ महिला गरी एक लाख ८ सय ८७, दार्चुलामा ३६ हजार ६ सय ४१ पुरुष र ३६ हजार २ सय ६५ महिला गरी ७२ हजार ९ सय ६ जनाले मतदान गर्ने कार्यालयले जनाएको छ ।

बैतडीमा ६० हजार दुई सय २७ पुरुष, ६४ हजार पाँच सय ९६ महिला र एक तेस्रोलिङ्गी गरी एक लाख २४ हजार ८ सय २४ जना, अछाममा ६० हजार चार सय ४१ पुरुष र ६७ हजार दुई सय ९९ महिला र दुई तेस्रोलिङ्गी गरी जम्मा एक लाख २७ हजार सात सय ४२ जनाले मतदानमा सहभागिता जनाउनेछन ।

यस्तै बझाङ जिल्लामा ४७ हजार ८ सय ८८ पुरुष ४९ हजार सात सय २१ महिला र एक तेस्रोलिङ्गी गरी ९७ हजार पााच सय ६० जना र बाजुरामा ३२ हजार पााच सय २१ पुरुष, ३२ हजार ४ सय २७ महिला र दुई तेस्रोलिङ्गी गरी ६४ हजार नौ सय ५० जनाले निर्वाचनमा मतदान गर्न पाउने क्षेत्रीय निर्वाचन कार्यालय कैलालीका प्रमुख मोहन अर्यालले जानकारी दिए ।-दीपक उपाध्यायम, अनलाइनखबरबाट


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget