Websoft University

www.radiomakalu.com || 021-522512


रोगप्रतिरोधात्मक क्षमता बढाउन लसुन र महको सेवन यसरी गरौं



लसुन र मह दुबै प्राकृतिक गुणले भरिपूर्ण हुन्छ । यदि दुबैलाई मिश्रण गरेर सेवन गर्ने हो भने, कतिपय रोगको समेत निदान गर्न सहयोग गर्छ ।


लसुन मसलेदार खानालाई स्वादिष्ट बनाउन प्रयोग गरिन्छ । त्यसो त यसको औषधिय महत्व पनि उत्तिकै हुन्छ । त्यस्तै मह जति स्वादिलो हुन्छ, उत्तिनै लाभदायक पनि । यसले सौन्दर्य बढाउनमा खास सहयोग गर्छ ।

मह र लसुनको मिश्रण खानाले मुटुको धमनीमा जमेको वोसो निक्लन्छ । जसले गर्दा रक्त प्रवाह राम्ररी हुन पाउँछ । रोग प्रतिरोधात्मक क्षमता बढाउनदेखि जाडोमा हुने दुखाईबाट छुटकारा पाउन पनि यसको मिश्रण उपयोगी हुन्छ ।

कसरी बनाउने मिश्रण ?

यसका लागि २ वा ३ ठूलो केस्रा लसुनलाई हल्का दबाएर कुट्ने । त्यसमा शुद्ध मह मलिाउने । यस मिश्रणलाई त्यसबेला सम्म राख्नुपर्छ, जबसम्म लसुनमा राम्ररी मह मिश्रण हुदैन । अब यसरी तयार भएको लसुनलाई बिहान खाली पेट सात दिनसम्म खानुपर्छ ।

लसुन र महको मिश्रणमा एन्टि बायोटिक तथा एन्टि ब्याक्टेरियल जस्ता केहि पोषक तत्व सामेल हुन्छ, जो छाला र स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । लसुनमा एलिसिन र फाइबर जस्ता न्यूटि्रएन्ट्स हुन्छ ।

के हुन्छ फाइदा ?

यस किसिमको मिश्रणले शरीरमा माटोपनका साथै कोलोस्टोर नियन्त्रण गर्न सहयोग गर्छ । मह र लसुनको मिश्रणमा फस्फोरसको मात्रा बढ्छ, जसले दाँत र हड्डी बलियो बनाउँछ । यसमा एन्टि अक्सिडेन्ट पनि हुन्छ, जो क्यान्सरसँग लड्ने क्षमता बढाउँछ ।

गलामा इन्फेक्सन

गलामा इन्फेक्सन हुनु आम समस्या हो । यो संक्रमणको कारणले हुन्छ । मह र लसुन एकसाथ मिलाएर सेवन गर्दा गलाको समस्यामा राहत मिल्छ ।

झाडापखलामा

पेट दुख्ने तथा झाडापखला भएको अवस्थामा पनि लसुन र महको मिश्रण लाभदायक हुन्छ । यसले झाडापाखला रोक्ने काम त गर्छ नै, पेटको संक्रमण पनि हटाउछ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउने

शरीरमा रोगले त्यसबेला आक्रमण गर्छ, जब हाम्रो प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । यदि रोगसँग लड्ने क्षमता मजबुद भयो भने शरीरमा रोगले आक्रमण गर्न सक्दैन । नियमित रुपमा मह र लसुन सेवन गर्नाले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।

फंगल इन्फेक्सनमा

शरीरमा जब फंगल इन्फेक्सन हुन्छ, सबै शरीरमा संक्रमण फैलन्छ र बिस्तारै कमजोर हुदै जान्छ । यस्तो अवस्थामा लसुन र महको मिश्रण निकै उपयोगी हुन्छ, जसले फंगल इन्फेक्सनको समस्याबाट मुक्ती मिल्छ ।
अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget