Websoft University

www.radiomakalu.com || 021-522512


केरा खेतीतर्फ मोरङका किसानहरू आकर्षित




मोरङ, चैत २३ गते  ।  मोरङका किसानले व्यवसायीक केराखेती गरेर आर्थीक उपार्जन थालेका छन् । मोरङको सुन्दर दुलारी ,कोशीहरैचा,बाहुनी ,टाडी,केरौन ,बयरवन, जाते, लेटाङ जस्ता क्षेत्रमा केराखेती हुदै आएको छ । मोरङको वयरवनका केरा किशान नरेश गुरागाँईका अनुसार मालभोग ,चिनिया चम्पा र जाजी केरा खेती मोरङमा व्यवसायीकरुपमा हुने गरेको छ ।
उत्पादित केरा इटहरी ,धरान साथै काठमान्डौ र पोखरा सम्म पुग्ने गरेको बाहुनीका केरा किशान उमेश चौधरीको भनाई छ । कम मेहनतमा राम्रो आम्दानी सजिलै लिन सकिने भएकाले यसमा आकर्षण बढेको कृषकहरुको भनाइ छ । जिल्ला कृर्षि विकास कार्यालय मोरङका प्रमुख मनोज यादवका अनुसार जिल्लामा ७ सय ६० हेक्टर जमिनमा केराखेती हुदै आएको छ ।
कृर्षि कार्यालयले केराखेतीमा युवा कृषकहरुको आकर्षण वढ्दै गएको बताएको छ । जिल्ला कृषिबिकास कार्यलय मोरङका प्रमुख यादवले भन्नुभयो,‘ केरा खेति गर्नेको संख्या बढ्दै गएको छ ,।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget