Websoft University

www.radiomakalu.com || 021-522512


तमोरमा पुल बनेपछि माझी समुदाय संकटमा


तमोरमा पुल बनेपछि माझी समुदाय संकटमा

पाँचथर,  चैत्र २३ गते   । पाँचथर र तेह्रथुम हुँदै बग्ने तमोर नदीमा पुल बन्दा यात्रुहरूलाई सहज भए पनि किनारमा बस्ने माझी समुदायको नाउ चलाउने पुर्ख्यौली पेसा लोप भएको छ । यात्रुहरुले पुलबाटै आवातजावत गरेपछि नाउ लोप भएको हो । हाल तमोर नदी किनारमा एउटा पनि नाउ छैन । कतिपयले नाउ चिरेर दाउरा बालेका छन् ।

केही समयअघिसम्म तमोर नदीको विभिन्न ठाउँमा दर्जनौं नाउ थिए। नक्कलेघाट,माझिटार,सिम्रा,हाक्पाराघाट,भैँसी र अँधेरी खोला क्षेत्रमा माझीहरु नाउ चलाउने गर्थे । माझी समुदायका युवा राम माझीले पुलको विकासले माझी समुदायको बाँच्ने आधार नै लोप भएकोमा दुःखेसो गरे। नाउ नहुँदा माझी समुदायको आर्थिक मात्रै नभई सांस्कृतिक र सामाजिक जीवनमै असर पुगेको उनको भनाइ छ। ‘नाउ परम्परागत प्रविधि हो । हाम्रो पुर्ख्यौली पेसाको हतियार हो’, उहाँले थप्नुभयो, ‘पुलको विकासले नाउ प्रयोगविहीन भयो ।

’ माझीहरुलाई खोलाखुशी पूजामा नाउ चाहिन्छ वर्षमा एक पटक गरिने पूजामा ’नाउबाट वर्षभरि नै राम्रो आम्दानी लिन सकियोस् ,खोला र नदीनाला जीविकोपार्जनको आधार भएकोले फलिफाप होस् र दशा नलागोस भनेर पुकार्ने परम्गपरा छ । नाउ नै नभएपछि अहिले नमूना नाउ बनाएर पूजाआजा गर्ने चलन रहेको उहाँले बताउनुभयो । तमोर नदी किनारमा करिब डेढ सयको संख्यामा माझी समुदाय बसोबास गर्दै आएको छ । उनीहरु सब भूमिहीन हुन् । अहिले उनीहरू साहु महाजनको खेतबारी कमाएर खाँदै आएका छन् ।

  

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget