Websoft University

www.radiomakalu.com || 021-522512


उम्मेद्वार घाेषणाकालागि झापा एमालेले माग्याे १० दिनकाे म्याद




झापा,  चैत २३ गते । आसन्न स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै नेकपा (एमाले) झापाले उम्मेदवार सिफारिस र छनोटका लागि प्रक्रिया, विधि र समय सीमा निर्धारण गरेको छ । पार्टीको मङ्गलबार बसेको जिल्ला सचिवालयको बैठकले उक्त निर्णय गरेको हो । बैठकले सबै गाउँपालिका र नगरपालिका तथा वडाका उम्मेदवारको सिफारिस गर्न १० दिनको समयसीमा निर्धारण गरेको छ ।


 गाउँपालिका र नगरपालिका बिजोडी वडामा चैत २७ गते र जोडी वडामा चैत २८ गते बैठक बसेर वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र दुई खुल्ला सदस्यको लागि उम्मेदवारको नामावली सिफारिस गर्न निर्देशन गरेको हो । त्यस्तै, गाउँपालिका र नगरपालिकाका अध्यक्ष–उपाध्यक्ष र मेयर–उपमेयरका उम्मेदवारको नामावली सिफारिस गर्न गाउँ–नगर सङ्गठन कमिटीलाई वैशाख ३ गते बैठक बस्न निर्देशन दिएको छ ।

पार्टी केन्द्रले निर्धारण गरेको मापदण्डसँगै स्थानीय पार्टी कामसमेतलाई आधार मानी उम्मेदवारको नाम सिफारिस गर्न अन्तरपार्टी निर्देशन जारी गरेको जिल्ला प्रचार विभाग प्रमुख माधव विद्रोहीले जानकारी दिनुभयो ।जिल्ला पार्टीले मातहतका कमिटीलाई धेरैजनाको नाम सिफारिस नगर्न पनि सुझाएको छ । जिल्ला पार्टी कार्यालयका सचिव शिव ढुङ्गेलका अनुसार मातहत कमिटीले सकेसम्म एक÷एक जनाको नाममात्र निर्णय गरी अनुमोदनका लागि जिल्लामा पठाउन निर्देशन गरिएको छ ।

पार्टी स्थायी कमिटीको निर्णयअनुसार वडा कमिटीबाट सिफारिस गरिएका नामावलीमध्ये वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य तथा खुल्ला दुई सदस्यको उम्मेदवार जिल्ला कमिटीले निर्णय गर्नेछ । यस्तै, नगरपालिकाको मेयर र उपमेयर तथा गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्ने प्रावधान बनाइएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget