Websoft University

www.radiomakalu.com || 021-522512


कांग्रेस बैठकमा सिटौलाले सुनाए सहमतिको पाँचबुँदे रोडम्याप




काठमाडौं, चैत २५ गते । नेपाली कांग्रेसले मधेसको माग सम्बोधनका लागि अधिकमत सहमतिमा संविधान संशोधन विधेयक अघि बढाउने निर्णय गरेको छ ।


शुक्रबार बसेको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले संविधान संशोधनमा जोड दिएको छ ।

बैठकमा तराई मधेसका सांसदहरुले संविधान संशोधन नभई के आधारमा जनतामाझ जाने भन्ने प्रश्न उठाएका थिए । उनीहरुले नयाँ सहमति हुँदैन भने अहिले संसदमै विचाराधीन संशोधन नै भएपनि अघि बढाउनु पर्ने बताएका छन् ।

लगतै पार्टी सभापति शेरबहादुर देउवाले नेता कृष्ण सिटौलालाई सहमति प्रयासबारे जानकारी दिन लगाए ।

मधेसी मोर्चासँग सहमति नजिक रहेको भन्दै उनले सहमतिको पाँचबुँदे रोडम्याप सुनाए । सीमांकनसहितको संशोधन अघि बढाउँदा सत्ता गठबन्धन नै संकटमा पर्ने अवस्था आउन सक्ने उनको विश्लेषण थियो ।

त्यसैले संसदमा रहेको संशोधनको सीमांकन बाहेकका विषय अघि बढाइने बताए । साथै निर्वाचक मण्डलबाट स्थानीय तहका प्रमुख र उपप्रमुखको भोटिङ राइटलाई डिलिंक गर्ने र धारा २७४ संशोधन गर्ने उनले बताए ।

सीमांकनको विषय संघीय आयोगमार्फत अघि बढाउने भन्दै सिटौलाले यसका लागि पनि धारा २७४ संशोधन गर्नु पर्ने अवस्था आएको बताएका छन् ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले भने चुनाव वैशाख ३१ मै हुने बताएका छन् ।-अनलाइनखबरबाट


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget