Websoft University

www.radiomakalu.com || 021-522512


मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन संसदमा पेस




 काठमाडौं,चैत २५ गते   । सरकारले राष्ट्रिय मानवअधिकार आयोगको वाषिर्क प्रतिवेदन संसदमा पेस गरेको छ ।
संसदीय समितिका सांसदहरु तथा सरोकावाला निकायको दबाबपछि सरकारले तीन वटा आर्थिक वर्षको वाषिर्क प्रतिवेदन एक साथ बैठकमा पेश गरेको हो ।

शुक्रबारको व्यवस्थापिका संसद बैठकमा कानुन मत्री अजय शंकर नायकले आयोगको आर्थिक वर्ष २०७०/७१, ०७१/०७२ र ०७२/०७३ को वाषिर्क प्रतिवेदन पेश गरेका हुन् ।

यस अघि संसदीय समिति तथा सांसदहरुले आयोगको प्रतिवेदन सदनमा पेश हुनुपर्ने भन्दै सरकारको आलोचना गर्दै आएका थिए ।

शुक्रबारको बैठकमा उर्जा मन्त्री जनार्दन शर्माले विद्युत नियमन आयोग विधेयक २०७३ प्रस्तुत गरेका छन् ।

त्यसैगरी बैठकमा विधायन समितिका सभापति गंगा चौधरीले फौजदारी कसूर -सजाय निर्धारण तथा कार्यान्वयन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गरेकी छन् ।

त्यस्तै, सामाजिक व्यवहार सुधार विधेयक सम्बधी समितिको प्रतिवेदन २०७३ र राज्य व्यवस्था समितिको वाषिर्क प्रतिवेदन २०७३ पनि बैठकमा पेश भएको छ ।

बैठकको शून्यसमय तथा विशेष समयमा बोल्दै सांसदहरुले सार्वजनिक महत्वका विषय, स्थानीय समस्या लगायतमा संसद् र सरकारको ध्यानाकर्षण गराएका थिए ।

राजधानीको बागबजारमा बन्न लागेको भ्यु टावर, सप्तरीमा हात्तीको आक्रमणबाट नागरिकको ज्यान गएको, स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि युवा तथा खेलकुद मन्त्रालयले खेलकुदको नाममा बजेट विनियोजन गरेको लगायत विषयमा सांसदहरुले सरकारको आलोचना गर्नुको साथै आवश्यक कारवाहीका लागि पहल गर्न ध्यानाकर्षण गराएका थिए ।

त्यसैगरी प्रदेश नं २ मा अझै पनि निर्वाचनको माहोल बन्न नसकेकोमा पनि उनीहरुले सरकारको ध्यानआकर्षण गराए ।-अनलाइनखबरबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget