Websoft University

www.radiomakalu.com || 021-522512


दुर्व्यवहार गर्ने डीएसपीविरुद्ध महिला प्रहरीको उजुरी

                     अनावश्यक आरोप होः डीएसपी, घटनाको छानविन हुन्छ: एसएसपी

दुर्व्यवहार गर्ने डीएसपीविरुद्ध महिला प्रहरीको उजुरी

सुर्खेत, चैत २४ गते  ।   सार्वजनिक स्थलमा दुर्व्यवहार गरेको भन्दै दैलेखमा एक महिला प्रहरीले आफ्नै हाकिमविरुद्ध उजुरी दिएकी छन्। जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान रेखा कुँवरले डीएसपी केदार रजौरेविरुद्ध उजुरी दिएकी हुन्। आफूमाथि दुर्व्यवहार गर्ने डीएसपी रजौरेलाई कारबाहीको माग गर्दै उनले अञ्चल प्रहरी कार्यालय भेरी बाँकेमा उजुरी दिएकी छन्।
ड्युटीमा रहेका बेला गत आइतवार आफूमाथि दुर्व्यवहार भएको आरोप रेखाले लगाएकी छन्। म्यादी प्रहरी भर्ना गर्नेक्रममा स्थानीय टुँडिखेल चौरमा डीएसपी रजौरेले आफूमाथि दुर्व्यवहार गरेको भन्दै उनले कारबाहीको माग गर्दै अञ्चल प्रहरी कार्यालयमा उजुरी दिएकी हुन्। उजुरीमा रेखाले आफूलाई विना गल्ती डीएसपी रजौरेले चुल्ठो समातेर कुटपिट गरेको उल्लेख गरेकी छन्। विना कारण आफूमाथि सार्वजनिक स्थलमा सयौं सर्वसाधारणको अगाडि दुर्व्यवहार गर्ने डीएसपीमाथि कडा कारबाही हुनुपर्ने उनको माग छ।
इलाका प्रहरी कार्यालय नौमुलेमा दरबन्दी भए पनि उनी जिल्ला प्रहरी कार्यालयमा कार्यरत छन्। म्यादी प्रहरी भर्नाको क्रममा निकै भीडभाड भएको र भीड नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै आफूमाथि डीएसपीले दुर्व्यवहार गरेको उजुरीमा उल्लेख गरिएको छ। उजुरी पत्रमा लेखिएको छ,‘मैले विना कारण दुर्व्यवहार भोग्नु परेको छ, मेरो चुल्ठो समातेर घुच्चुकमा हान्नुभयो । सार्वजनिक स्थलमा भएको यो कार्यले मेरो अपमान भएको छ, त्यसकारण तत्काल डीएसपी रजौरेमाथि कारबाही गरिपाऊँ।’
तीन हजार सर्वसाधारणको अगाडि आफूमाथि अपमान हुनेगरी हातपात भएको भन्दै उनले कारबाहीको माग गरेकी हुन्। उनले भनेकी छन्,‘कर्तव्य पालना गर्दा कुनै गल्ती भए, कार्यालयमा बोलाएर सजाय दिनुपथ्र्यो । तर सार्वजनिक बेइज्जत हुनेगरी मलाई कुटियो, यो पदको दुरुपयोग नै हो।’
आफू महिला भएकै कारण हेपेर डीएसपीले दुर्व्यवहार गरेको र पदको समेत दुरुपयोग गरेर भ्रष्ट्राचार गरेकाले रजौरेमाथि कडा कारबाही हुनुपर्ने उनको माग छ। आफ्नै हाकिमविरुद्ध कारबाहीको माग गरेर उजुरी दिएपछि उनीमाथि थप धम्की दिनेक्रम बढेको उनका सहकर्मीले बताएका छन्। संगठनको आन्तरिक विषयलाई बाहिर ल्याएको भन्दै माथिल्लो निकायले उनलाई थप मानसिक तनाव दिइरहेको अन्य सहकर्मी महिला प्रहरीले बताए।
आफूहरु डीएसपीको व्यवहारबाट हैरान भएको भन्दै उनीहरुले यो घटनामा दोषीलाई बचाउन संगठनको माथिल्लो निकायले नै प्रयास गरिरहेको गुनासो गरे । साथै उजुरीमा पनि कुनै सुनुवाई नभएको उनीहरुको गुनासो छ । पदीय आचरण विपरीत दुर्व्यवहार गर्ने डीएसपीलाई सजाय हुनुपर्ने उनीहरुको माग छ।
रेखाले मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेत र प्रहरी प्रधान कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रलाई समेत उजुरी बोदार्थ पठाएकी छन्। आरोप लागेका डीएसपी रजौरले भने यो अनावश्यक हल्ला मात्र भएको प्रतिक्रिया दिए। उनले भने,‘मैले कसैलाई दुर्व्यवहार गरेको छैन, मलाई यो बारेमा केही जानकारी पनि छैन। उजुरी म कहाँ आउनुपर्‍याे नी? अनावश्यक आरोप लगाउन मिल्दैन।’
यता अञ्चल प्रहरी कार्यालय भेरीले घटनाको तत्काल छानविन हुने जनाएको छ। कार्यालयका एसएसपी महेशविक्रम शाहले भने,‘हामी कहाँ उजुरी आएको छ, यो घटनाको तत्काल छानविन हुन्छ। छानबिन समिति गठन हुँदैछ, दोषी देखिएमा सजाय हुनेछ।’ बिहीवार मात्र उजुरी दर्ता भएको भन्दै उनले अन्यायमा परेका जोसुकैको आवाज सुन्न आफुहरु तयार रहेको बताए। उनले भने,‘कसैले पनि पदको दुरुपयोग गर्नु हुँदैन, संगठनभित्र अन्यायमा परेकाहरुलाई हामी न्याय दिन प्रतिबद्ध छौं।’- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget