Websoft University

www.radiomakalu.com || 021-522512


सिटीले दुई पटकको अग्रता जोगाउन सकेन, आर्सनलसँग अंक बाँड्यो



इंग्लिस पि्रमियर लिग फुटबलमा आर्सनलले म्यानचेष्टर सिटीलाई बराबरीमा रोकेको छ ।


आइतबार राति भएको खेलमा सिटीले दुई पटक लिएको अग्रता जोगाउन सकेन र २-२ को बराबरी खेलेको छ । पछिल्लो खेल खेलमा खराव लयमा देखिएको आर्सनलले भने यो खेलसँगै पुनरागमनको संकेत दिएको छ ।

आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा सिटीले पाँचौं मिनेटमा नै सानेको गोलबाट अग्रता लिएको थियो । तर, ४० औं मिनेटमा थिओ वालकोटले बराबरी गोल फर्काए । दुई मिनेटपछि नै एग्युरोले गोल गरेपछि भ्रमणकारी टोली म्यानचेष्टर सिटी पहिलो हाफमा २-१ को अग्रता लिन सफल भयो ।

५३ औं मिनेटमा आर्सनलका मुस्ताफीले बराबरी गोल फर्काए । खेलमा थप गोल हुन सकेन र दुबै टोलीले अंक बाँडेका छन् ।

यो बराबरीसँग सिटीले उपाधि होडमा र्फकने मौका गुमाएको थियो । अघिल्लो दिन मात्र लिग लिडर चेल्सीले घरेलु मैदानमा क्रिष्टल प्यालेससँग अप्रत्यासित हार व्यहारेको थियो । तर, सिटीले फाइदा उठाउन सकेन ।

सिटीको २९ खेलबाट ५८ अंक भएको छ र चौथो स्थानका छ । लिग लिडर चैल्सीको समान खेलबाट ६९ अंक छ । आर्सनल भने ५१ अंकसहित छैटौं स्थानमा छ ।-अनलाइनखबरबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget