Websoft University

www.radiomakalu.com || 021-522512


आलाभेसमाथि रियल मड्रिडको सहज जित, २ अंकको प्रष्ट अग्रता


 रियल मड्रिडले आलाभेसमाथि सहज जित हात पारेको छ र, ला लिगामा १० खेल बाँकी रहँदा २ अंकको प्रष्ट अग्रता लिएको छ ।
आइतबार राति भएको खेलमा रियल मड्रिडले आलाभेसमाथि ३-० को जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा रियलले ३१ औं मिनेटमा करिम बेञ्जिमाको गोलबाट अग्रता लिएको थियो ।
बाँकी दुई गोल भने खेलको अन्त्यतिर भयो । ८५ औं मिनेटमा इस्कोले गोल गरे भने ८८ औं मिनेमा नाचोले गोल गर्दै रियल मडि्रडलाई ३-० को जित दिलाए ।
यो जितसँग रियल मड्रिड सन् २०१२ पछि पहिलो लिग उपाधि नजिक पुगेको छ । रियल मडि्रडको २८ खेलबाट ६८ अंक छ भने दोस्रो स्थानमा रहेको बार्सिलोनाको ६६ अंक छ र, उसले एक खेल बढी खेलेको छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget