Websoft University

www.radiomakalu.com || 021-522512


मधेसी मोर्चासँग आज निर्णायक वार्ता हुन्छः सिंह

मधेसी मोर्चासँग आज निर्णायक वार्ता हुन्छः सिंह

काठमाडौँ,  बैशाख ९ गते ।    नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मधेसी मोर्चासँग शनिबार निर्णायक वार्ता हुने बताउनुभएको छ । मिरमिरे युवा समाजले शनिबार बिहान सिनामङ्गलमा आयोजना गरेको ‘नयाँ वर्षको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम’मा नेता सिंहले निर्वाचनमा जान मधेसी मोर्चा सहमति नजिक आएको बताउनुभएको हो । 'आज मधेसी मोर्चा र सरकारबीच निर्णायक वार्ता हुन्छ ।' उहाँले भन्नुभयो ।
नेता सिंहले काँग्रेसको नेतृत्वमा बनेको संविधानको कार्यान्वयनको मुख्य भूमिका काँग्रेसको रहेको भन्दै यसका लागि सबै दललाई मिलाउने र निर्वाचनमा लैजाने जिम्मा काँग्रेस भएको विचार व्यक्त गर्नु भयो ।
नेता सिंहले पछिल्लो समय भएका छलफल र वार्ताले मुलुकमा चुनावी वातावरण बन्दै गएको भन्दै निर्धक्क भएर निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget