Websoft University

www.radiomakalu.com || 021-522512


मधेस केन्द्रित दल निर्वाचनमा आउँछन्ः परराष्ट्रमन्त्री

मधेस केन्द्रित दल निर्वाचनमा आउँछन्ः परराष्ट्रमन्त्री

चितवन,  बैशाख ९ गते ।   परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले वैशाख ३१ गते हुने स्थानीय निकायको तहको निर्वाचनमा मधेस केन्द्रित दलले पनि सहभागिता जनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
शनिबार पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकारले मधेस केन्द्रित दलसँगको छलफललाई तीव्र रुपमा अघि बढाएको बताउँदै वैशाख ३१ गतेको निर्वाचनमा ती दल सहभागी हुने र एकै चरणमा निर्वाचन हुने बताउनुभयो ।
सरकारले ती दलको माग पूरा गर्न परिमार्जनसहितको संशोधन प्रस्ताव संसद्मा दर्ता गराएको बताउँदै निर्वाचनका लागि सबै तयारी भइरहेको जानकारी दिनुभयो । एक फरक प्रसङ्गमा मन्त्री डा महतले राष्ट्रपतिको भारत भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको बताउनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget