Websoft University

www.radiomakalu.com || 021-522512


प्रधानमन्त्री र अमेरिकी सिनेटरबीच भेटवार्ता

प्रधानमन्त्री र अमेरिकी सिनेटरबीच भेटवार्ता

काठमाडौ,  बैशाख ९ गते ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड' र अमेरिकी सिनेटरहरु क्रिस्टोफर कुन्स र जेफ मक्र्लीबीच भेटवार्ता भएको छ। शनिबार बिहान प्रधानमन्त्री निवास बालुवटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्ड र सिनेटरहरु बीच नेपालमा सञ्चालित विकास आयोजना, तिनीहरुको मौलिकता र प्रभावकारिताका विषयमा छलफल भएको थियो । भेटमा प्रधानमन्त्री दाहालले नेपालको विकास आयोजनाहरुमा अमेरिकाले गरेको सहयोगको प्रसंशा गर्नुभएको थियो ।
उहाँले नेपाल राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै विकास र समृद्धिको यात्रामा अगाडि बढिरहेको जानकारी बताउनुभयो । आफ्नो नेतृत्वको सरकारले हासिल गरेको आर्थिक बृद्धिदर त्यसको संकेत भएको उहाँको भनाई थियो ।
प्रधानमन्त्री दाहाललले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचनको तयारी तीर्व पारिएको बताउनुभयो । स्थानीय निर्वाचनपछि विकास आयोजना र समृद्धिको सपनाले अझ तिब्रता पाउने उहाँको भनाई थियो । प्रधानमन्त्री दाहालले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन गरिने प्रतिवद्वता व्यक्त गर्नुभएको छ ।प्रधानमन्त्रीले निर्वाचनमा अन्तर्राष्ट्रिय समुदायको सहयोग र सद्भाव रहने विश्वास व्यक्त गर्नुभयो ।


सो अवसरमा सिनेटरहरुले नेपालको आर्थिक बृद्धिदर उच्चस्तरमा रहेको बताउँदै वर्तमान सरकारको विकास र समृद्धिको सोंच सकारात्मक रहेको बताउनु भयो । सिनेटरहरुले नेपालमा महिलाहरुको राजनीति र सामाजिक क्षेत्रमा देखिएको जागरण विश्वकै निम्ति नमूनायोग्य रहेको बताउनुभयो ।- अन्नपूर्ण बाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget