Websoft University

www.radiomakalu.com || 021-522512


एमालेले भन्यो–स्थानीय निर्वाचन एकै चरणमा हुनुपर्छ

एमालेले भन्यो–स्थानीय निर्वाचन एकै चरणमा हुनुपर्छ

काठमाडौं,  वैशाख ११ गते ।   प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचन एकै चरणमा हुनु पर्ने निष्कर्ष निकालेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सोमबार बसेको स्थायी समितिको बैठकले वैशाख ३१ मै एकै चरणमा स्थानीय तहको निर्वाचन हुनु पर्ने निष्कर्ष निकालेको हो।
यसअघि हिजोमात्रै सरकारले स्थानीय तहको निर्वाचन पहिलो चरणमा वैशाख ३१ मा प्रदेश नम्बर ३, ४ र ६ मा गर्ने र १, २ ५ र ७ नम्बरमा जेठ ३१ मा गर्ने निर्णय गरेपछि एमालेले यस्तो धारणा सार्वजनिक गरेको हो।
बैठकले सरकारले मधेसवादी दलहरुसँग सहमति गरेर ल्याउन लागेको परिमार्जनसहितको संविधान संशोधन विद्येयकलाई निर्वाचन विथोल्ने षड्यन्त्र भएको ठहर गरेको छ। सरकारले ल्याउन लागेको परिमार्जसहितको संविधान संशोधन विधेयक राष्ट्रघातीसमेत भएको ठहर पनि बैठकले गरेको एमाले पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताउनुभयो।
उहाँले भन्नुभयो,‘ प्रतिपक्षी दल एमालेलाई जानकारी नै दिईँ जसरी सरकारले मधेसवादी दलहरुसँग वार्ता र सहमति गरेर भएको निर्वाचन सार्ने र संविधान संशोधन प्रस्ताव ल्याउने तयारी गरेको छ। यो एमालेलाई मान्य छैन।’
बैठकले संसदको प्रमुख प्रतिपक्षी दल एमालेसँग कुनै सल्लाह र जानकारी नै नदिईँ स्थानीय तहको निर्वाचन पहिलो चरणमा वैशाख ३१ र दोस्रो चरणमा जेठ ३१ मा गर्ने सरकारको निर्णयप्रति आपत्तिसमेत जनाएको छ। बैठकले सरकारले मधेसीवादी दलसँग सहमति गरेर चुनावको मिति सारेर चुनाव भाड्ने दिशातर्फ अग्रसर भएको ठहरसमेत गरेको श्रेष्ठले बताउनुभयो। उहाँले एमाले संविधान संशोधनबारे एमाले आफ्नो पूर्ववत अडानमा कायमै रहेको बताउनुभयो।
उहाँले भन्नुभयो,‘ दुई चरणमा गर्दा सवै दल चुनावमा आउँछन् भन्ने ग्यारेन्टी के छ। चुनावमा कसैले म भाग लिन्न र मतदान गर्दिन भन्न पाउँछ। तर, सरकारले विभिन्न षड्यन्त्र गरेर निर्वाचन भाड्न खोजिरहेको छ। त्यो एमालेलाई स्वीकार्य छैन।’
एमालेको स्थायी समितिको बैठक भोलि बिहान ११ बजे पुनः बस्नेछ।- अन्नपुर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget