Websoft University

www.radiomakalu.com || 021-522512


सहमति कार्यान्वयन भए चुनावमा भाग लिन्छौंः महन्थ ठाकुर



बिराटनगर,वैशाख ११  गते ।   । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका अध्यक्ष महन्त ठाकुरले सरकारसँग विगतमा भएका सहमति कार्यान्वय गरेको अवस्थामा आफ्नो पार्टी स्थानीय तहको निर्वाचनमा सहभागी हुने बताएका छन् ।


सरकारले यसअघि मधेसी मोर्चासँग गरेको सहमति कुनै पनि कार्यान्वय नभएको भन्दै ठाकुरले सहमति अक्षरशः कार्यान्वय भए चुनावमा सहभागी हुने बताए ।

राष्ट्रिय जनता पार्टी मोरङले सोमबार बिराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा ठाकुरले अब सरकारसँग कुनै नयाँ सहमति नहुने पनि स्प्रष्ट पारे ।

उनले मोर्चा अहिले सरकारसँग कुनै नयाँ सहमति सम्झौता गर्ने पक्षमा नरहेको बताउँदै भने विगतका सहमति नै सरकारले कार्यान्वय गरेको छैन, हामी विगतको सहमति कार्यान्वयन भएको हेर्न चाहान्छौं, अनिमात्र सरकारसँग नयाँ सहमति सम्झौता गरौंला ।

उनले शनिबार सरकार र मोर्चावीच कुनै सहमति नभएको दौहोर्‍याउँदै उनले पुराना सहमति कार्यान्वय गर्न सरकारलाई सुझावमात्रै दिएको बताए ।

ठाकुरले सरकारले मोर्चासँग गरेको सहमति कार्यान्यन नगरेको खण्डमा चुनावमा भाग नलिने पुरानो अडान यथावत रहेको पनि बताए ।
सरकारले पहिला संविधान संशोधन गर्नुपर्ने र त्यसपछिमात्रै चुनावमा भाग लिने वातावरण निर्माण हुने ठाकुरले बताए ।-धुर्ब भट्टराई, अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget