Websoft University

www.radiomakalu.com || 021-522512


झापाको छ वटै स्थानीय तहमा माओवादीको उम्मेदवार टुङ्गो


झापाको छ वटै स्थानीय तहमा माओवादीको उम्मेदवार टुङ्गो

दमक, वैशाख ११ गते । नेकपा (माओवादी केन्द्र)ले तीन नगरपालिकासहित छ स्थानीय तहमा आगामी निर्वाचनका लागि प्रमुख र उपप्रमुखमा उम्मेदवारको टुङ्गो लगाएको छ ।
माओवादी केन्द्र जिल्ला इन्चार्ज झलकसिंह दर्लामीका अनुसार १५ वटा स्थानीय तहमध्ये दमक, अर्जुनधारा, मेचीनगर नगरपालिका तथा झापा, कचनकवल र कमल गाउँपालिकामा उम्मेदवारको टुङ्गो लगाइएको छ।
दमकको नगर प्रमुखमा रेवतराज पुरी (गगन) र उपप्रमुखमा शान्तिदेवी धिमाललाई उम्मेदवार बनाउने निर्णय गर्नुका साथै १० वटै वडामा वडा अध्यक्षसहित अन्य सबै सदस्यको टुङ्गो लागेको छ।
यस्तै अर्जुनधारा नगरपालिकाको प्रमुखमा भुपेन्द्र न्यौपाने (विकास) र उ

पप्रमुखमा सुनिता तामाङ, मेचीनगर नगरपालिकाको प्रमुखमा हंसलाल राजवंशी र इन्दिरा कार्कीलाई उपप्रमुखको उम्मेदवारका रुपमा अघि सारेको जनाइएको छ।
यसैगरी झापा गाउँपालिकाको अध्यक्षमा रुद्र बजगार्इं र उपाध्यक्षमा पवित्रा राजंवशीको उम्मेदवारी टुङ्गो लागेको चुनाव प्रचारप्रसार संयोजक समेत रहनुभएका नेता दर्लामीले जानकारी दिनुभयो।
यस्तै कमल गाउँपालिकाको प्रमुखमा विमल सङ्ग्रौला र उपप्रमुखमा गौरी राई र कचनकवल गाउँपालिकाको प्रमुखमा हंसनारायण राजंवशी र ईश्वरीमाया गाइनीलाई उपप्रमुखको उम्मेदवार बनाइएको छ। रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget