Websoft University

www.radiomakalu.com || 021-522512


पुटिनलाई “पूर्णसाथ” दिने ट्रम्पको प्रतिज्ञा

पुटिनलाई “पूर्णसाथ” दिने ट्रम्पको प्रतिज्ञा

वासिङटन,  चैत २२ गते  । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका समकक्षी भ्लादिमिर पुटिनलाई अमेरिकाको तर्फबाट “पूर्णसाथ” दिने प्रतिज्ञा गर्नुभएको छ । रुसको सेन्ट पिटर्सवर्ग शहरस्थित एउटा भूमिगत रेलसेवामा एघार जनाको ज्यान जानेगरी सोमबार भएको विस्फोटनको घटनापछि उहाँले पूर्ण साथको प्रतिज्ञा गर्नुभएको हो । राष्ट्रपति ट्रम्पले घटनामा मृत्यु भएका सबैप्रति श्रद्धान्जलि व्यक्त गर्दै पीडित सबैप्रति सहानुभूति व्यक्त गर्नुभएको छ ।


 घटनामा परी अन्य दर्जनाँै घाइते भएका छन् । रुसले सोमबारको आक्रमण नाटकिय आतङ्क भएको बताएको छ । सेन्ट पिटर्सवर्ग शहरमा तीन दिनको शोकको घोषणा गरिएको छ । सेन्ट पिटर्सवर्ग संसारकै व्यस्त भूमिगत रेल सेवाहरुमध्ये एक हो । दैनिक बीस लाखभन्दा बढी मानिसहरुले सो रेलसेवा प्रयोग गर्दछन् ।

“घटनामा संलग्न दोषीलाई पक्राउ गरी कारबाही गर्न अमेरिकी सरकारले आफ्नोतर्फबाट सहयोग गर्ने बचनबद्धता व्यक्त गर्दछ,” राष्ट्रपति ट्रम्पको कार्यालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीमा राष्ट्रपति ट्रम्पले समकक्षी पुटिनलाई फोन गरेर दुःख व्यक्त गर्नुभएको पनि उल्लेख गरिएको छ । दुबै राष्ट्रपति आतङ्ककारीलाई तत्काल नाश गर्न सहमत भएको पनि विज्ञप्तीमा लेखिएको छ । कतिपय विषयमा आरोपप्रत्यारोप भई सम्वन्ध विग्रिरहेका बेला उहाँहरुले आतङ्ककारीहरु विरुद्ध लड्ने अठोट व्यक्त गर्नुभएको हो । रुसी राष्ट्रपति पुटिनले सोमबार साँझ नै घटनास्थलको भ्रमण गरी मृतकहरु प्रति श्रद्धान्जलि व्यक्त गर्नुभएको छ । रासस÷एएफपी

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget