Websoft University

www.radiomakalu.com || 021-522512


रियल मड्रिडको ला लिगामा अर्को कीर्तिमानी, १९ खेलाडीले गरे गोल



स्पेनिस क्लब रियल मड्रिडले ला लिगामा अर्को एउटा कीर्तिमानी बराबर गरेको छ। अल्भेसविरुद्धको खेलमा नाचोले गोल गरेपछि रियल मड्रिडले ला लिगामा भ्यालेन्सियाले बनाएको कीर्तिमानी बराबर गरेको हो।
एउटै सिजन ला लिगामा रियल मड्रिडका लागि १९ फरक खेलाडीले गोल गर्दै भ्यालेन्सियासँगको कीर्तिमानीसँग बराबरी गरेका हुन्। यो रेकर्ड भ्यालेन्सियाले सन् १९९४/९५ मा बनाएको थियो।
प्रशिक्षक जिनेदिन जिदानले टिममा सावेश गरेका २१ खेलाडीमध्ये रियलका लागि यो सिजन १९ खेलाडीले गोल गरिसकेका छन्। २१ खेलाडीमध्ये अब डानी कार्भाजल र फावियोले मात्रै गोल गर्न बाँकी छ।
रियलले गरेका कुल गोलमध्ये क्रिष्टियानो रोनाल्डोले २५ प्रतिशत गोल एक्लैले गरेका छन् भने ८ जना खेलाडीले एकभन्दा बढी गोल गर्न सफल भएका छन्।
यो सिजन सेल्टा भिगोका १६ फरक खेलाडीले गोल गर्दै रियललाई पछ्याइरहेको छ भने बार्सिलोनाका लागि १४ फरक खेलाडीले गोल गरेका छन्।-अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget