Websoft University

www.radiomakalu.com || 021-522512


सिरियामा विषालु ग्यास आक्रमण १८ जनाको मृत्यु,

सिरियामा विषालु ग्यास आक्रमण १८ जनाको मृत्यु,

बेरुत,  चैत २२ गते । विद्रोहीको नियन्त्रणमा रहेको सिरियाको उत्तरपश्चिमी क्षेत्रमा मङ्गलबार बिहानै भएको विषालु ग्यास आक्रमणमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये दुई जना बालबालिका रहेका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्ले उनीहरु इडलिब प्रदेशको खान सेइखुनमा मारिएको जनाएको छ । ग्यास आक्रमणमा परी अन्य धेरैजनालाई स्वासप्रश्वासमा समस्या भएको जनाइएको छ ।

बेलायत स्थीत अनुगमनकर्ताको समुहले घटनाको सम्पूर्ण विवरण भने पाउन नसकिएको बताएको छ । सो समुहले सूचना सङ्कलनका लागि सिरियामा आफ्नो संयन्त्र परिचालन गरेको छ । आक्रमणबाट पीडितले बान्ता गर्ने र मुखमा फिँज आउने समस्या देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

इडलिब प्रदेश अलकायदाका पूर्वलडाकुहरु संलग्न रहेको फेतह अल साम फ्रन्टको नियन्त्रणमा रहेको छ । त्यसैले सो क्षेत्रमा ती लडाकुलाई लक्षित गरी निरन्तर हवाई आक्रमण हुने गरेका छन् । रासस÷एएफपी

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget