Websoft University

www.radiomakalu.com || 021-522512


संखुवासभामा भीषण हावाहुरी


संखुवासभामा भीषण हावाहुरी
संखुवासभा,वैशाख ७ गते । बुधबार साझ चलेको हावाहुरीले जिल्ला प्राविधिक कार्यालय संखुवासभामा मा क्षति पुर्‍याएको छ । पानीसँगै परेको हावाहुरीले कार्यालयको छाना उडाएको छ । भवन भत्किएको छ भने महत्वपूर्ण कागजात समेतमा ठूलो क्षति पारेको छ । कार्यालयका लेखापाल केशव पोखरेलका अनुसार कार्यालयको छाना उडाएपछि कम्प्युटर, प्रिन्टर र स्क्यानरमा पूर्णरुपमा क्षति भएको छ ।


कार्यालयमा पानी पसेपछि प्रशासन र लेखा फाटमा रहेको काजगात भिजेर काम नलाग्ने भएको उनले बताए । लेखा फाटमा भित्ता झरेर काजगात पुरिएको छ । लेखासम्बन्धि कागजात पूरै नष्ट भएको अनुमान गरिएको छ । पोखरेलका अनुसार हावाहुरीले करिब २५ लाख बराबरको क्षति पुगेको छ । त्यस्तै हावाहुरीले रेडियो संखुवासभाको सोलार प्यानलमा क्षति पारेको छ ।

सोलारका प्यानल हावाले उडाएर फुटेको अध्यक्ष कृष्णभगत प्रधानले बताए । हावाहुरी पछि गएको बिजुली नआउदा गुरास एफएम, सुनाखरी एफएमको प्रशारण बन्द भएको छ । हावाहुरीले जिल्लाका अन्य स्थानमा पनि क्षति पारेको हुन सक्ने संखुवासभाक प्रहरी प्रमुख गौतमकुमार केसीले बताए ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget