Websoft University

www.radiomakalu.com || 021-522512


मोर्चा नआओस चुनाव तोकीएकै समयमा हुन्छ – संञ्चार मन्त्री कार्की




माेरङ,  बैशाख ६ गते  ।  सुचना तथा सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता सुरेन्दबहादुर कार्कीले निर्वाचन सम्पन्न भएपछि केन्द्रमा रहेको अधिकार गाउँ–गाउँमा जान्छ भनेर निर्वाचन विरोधीहरू डराइरहेको बताउनु भएको छ । बुधबार मोरङको उर्लाबारीमा स्थानीय सञ्चारकर्मीहरू संग कुरा गर्दै मन्त्री कार्कीले सो कुरा बताउनु भयो । स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि जनप्रतिनिधिहरूले नै त्यहाँको आवश्यकता अनुसार नीति निर्माण गर्न सक्ने उल्लेख गर्दै मन्त्री कार्कीले अब साना तिना योजना सम्पन्न गर्न सिंहदरवार धाइरहनु नपर्ने तर्क दिनुभयो ।

उहाँले भन्नुभयो–‘सिंचाई,बाढी नियन्त्रण,कर ब्यवस्थापन,वन सम्बन्धी कानून स्थानीय स्तरबाटै निर्माण हुनेछन् । तपाईको माटो र भूगोलको आवश्यकता अनुसार कानून निर्र्माण भएपछि गाउँ–गाउँमा सिंहदरबार पुगेको अनुभूति हुने उहाँको भनाई थियो । पत्रकार जुनसुकै दलमा आस्था राख्ने भएपनि समाचार निष्पक्ष लेख्नु पर्ने बताउँदै उहाँले प्रिय र अप्रिय बनिने डरमा वास्तविक समाचार लेख्न छोड्नु नहुने उल्लेख गर्नुभयो । उहाँले पत्रकारलाई भन्नुभयो – सत्य समाचार मन अमीलो बनाएर भएपनि लेख्नुहोस ।

२००७ साल यता मोरङ जिल्लाले धेरै प्रधानमन्त्री देशलाई दिएपनि नेपाली जनताको जीवनस्तर उक्सिन नसकेको उल्लेख गर्दै सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री कार्कीले गाउँमा अधिकार नपुगेसम्म नेपाली जनताको आर्थिक स्तर नउठ्ने बताउनु भयो ।

जनतालाई कति अन्ययोलमा राखनु हुन्छ ? भन्ने प्रश्नमा उहाले “तपाई एक जना अन्योलमा भएर केही हुन्न हामी सरकारमा बसेर दलहरुलाई रुस्ट बनाउन मिल्दैन” । उहाँ नेकपा माओवादी केन्द्र उर्लाबारी नगर समितिद्वार आयोजित चुनावी कार्यक्रम तथा प्रशिक्षणमा प्रमुख अतिथिका रुपमा उर्लाबारी पुग्नु भएको हो ।- गोपाल काफ्ले


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget