Websoft University

www.radiomakalu.com || 021-522512


डीआइजी सिलवाललाई पक्राउ गर्न खोज्नु सरकारको तमासा : ओली

डीआइजी सिलवाललाई पक्राउ गर्न खोज्नु सरकारको तमासा : ओली

पार्टीको केन्द्रीय प्रचार विभागले गरेको राष्ट्रिय प्रचार भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली । तस्बिर : सरोज बैजु

काठमाडौं, वैशाख  १४ गते । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रहरीका नायब महानिरीक्षक (डीआइजी) नवराज सिलवाललाई पक्राउ गर्न खोज्नु तमासाको विषय मात्र भएको बताउनु भएको छ।
बिहीबार स्थानीय निर्वाचनका लागि पार्टीको केन्द्रीय प्रचार विभागले गरेको राष्ट्रिय प्रचार भेलाको उद्घाटन गर्दै ओलीले यस्तो बताउनु भएको हो।
‘डीआइजी नवराज सिलवाललेले सार्वजनिक रुपमा आएको गृहसचिवसहितको हस्ताक्षरको कार्यसम्पादन मूल्याङ्कनको कागजलाई अदालतमा पेस गर्दा उनलाई किर्तेको आरोपमा गिरफ्तार गर्न खोज्नु सरकारको तमासाको विषय हो’, ओलीले भन्नुभयो।
उहाँले प्रहरी डीआइजीलाई नै सरकारले पक्राउ गर्न खोजेको अवस्थामा जनताले सुरक्षाको प्रत्याभूति कसरी गर्ने भन्ने प्रश्न उठेको बताउनुभयो।
सिलवाललाई पक्राउ गर्न खोजेर सरकारले नेपाल प्रहरीमाथि आतंक सिर्जना गरेको आरोप ओलीको छ। आइजीपी नियुक्ति विवादको विषयमा बोल्दै ओलीले यस्तो बताउनु भएको हो।
‘सरकार स्वयम् निर्वाचन विरोधी गतिविधिमा सक्रिय छ’, अध्यक्ष ओलीले भन्नुभयो, ‘स्थानीय निर्वाचनका लागि विदेशबाट भाडामा विज्ञ बोलाएर एमालेविरुद्ध गलत प्रचार गराउने र नेपाल प्रहरीमा आतंक सिर्जना गर्ने काम निर्वाचन विरोधी हुन्।’

दुई चरणमा निर्वाचन गराउने निर्णय गरिनु र दोस्रो चरणको निर्वाचनअघि बजेट ल्याउन खोज्नु पनि निर्वाचन हुन नदिने योजना भएको ओलीले बताए।
‘फिर्ता भइसकेको संविधान संशोधन विधेयक पुनः ल्याइनु पनि निर्वाचन र राष्ट्रहितविरोधी हो र एमालेलाई निर्वाचन विरोधी भनेर प्रचार गरिएको छ’, ओलीले भन्नुभयो।- अन्नपूर्ण बाट



Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget