Websoft University

www.radiomakalu.com || 021-522512


यस्ता छन् गर्भनिरोधक चक्कीका असर

डा. मीरा हाडा, स्त्री तथा प्रसूतिरोग विशेषज्ञ
यस्ता छन् गर्भनिरोधक चक्कीका असर
नेपालमा पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दो छ । गर्भनिरोधक चक्की तथा साधन प्रयोगको सही तरिका थाहा नपाउँदा यस्तो समस्या बल्झिरहेको हो । कतिपयले गर्भनिरोधक चक्की कुन अवस्थामा प्रयोग गर्ने भन्ने थाहै नपाई सेवन गरिरहेका हुन्छन् । त्यस्तै, कतिपयले भने यसलाई गर्भनिरोधक साधनका रूपमा पनि प्रयोग गरिरहेका छन् । शारीरिक सम्बन्धको समयमा गर्भनिरोधक चक्कीको प्रयोग नगरी बजारमा पाइने जस्तोसुकै चक्कीको प्रयोगले महिलामा विभिन्न समस्या देखिएका छन् । अहिले युवापुस्ताले गर्भनिरोधक साधनभन्दा पनि चक्की प्रयोग गर्न मन पराउँछन् । जसले गर्दा अनावश्यक गर्भ बस्ने सम्भावना बढाउँछ । गर्भनिरोधक चक्की प्रयोग गरी गर्भपतन गराउँदा देखिने समस्याबारे वयोधा हस्पिटलकी स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. मीरा हाडा यसो भन्छिन्ः

—पेटमा बच्चा बस्नुमा महिला र पुरुषको भूमिका उस्तै हुन्छ । अनावश्यक गर्भ रहन नदिन चक्कीको भर पर्नुभन्दा पुरुषले गर्भनिरोधक साधन प्रयोग गर्नु उत्तम हुन्छ ।

—पहिलोपटक पेटमा बच्चा बसेको छ भने गर्भपतन गराउनुहुँदैन । पहिलो बच्चा खेर फाल्दा अर्कोपटक कहिल्यै बच्चा नबस्ने समस्या हुन सक्छ । पहिलो बच्चा खेर फाल्नु सबैभन्दा संवेदनशील विषय हो ।

—चिकित्सकको सल्लाहविना गर्भनिरोधक चक्कीको प्रयोग गर्नुहुँदैन । लापरवाहीपूर्वक गरिने यस्ता चक्कीको सेवनले महिलाको ज्यान पनि जान सक्छ ।

—गर्भनिरोधक चक्कीको प्रयोग गरेर गर्भपतन गराउँदा अत्यन्तै पीडा हुन्छ । औषधिको साइड इफेक्टले जीवनभरि पेट दुख्ने तथा अन्य समस्या आइरहन सक्छ ।

—यस्ता औषधिको प्रयोग गर्दा पाठेघरको क्यान्सर, पिसाबमा समस्या, महिनावारी गडबडी, महिनावारीको समयमा पेट दुख्नेजस्ता समस्या आउन सक्छन् ।

—औषधिको प्रयोगले गर्भपतन गराउँदा प्रसवको समयमा जस्तो पीडा हुन्छ, त्यस्तै पीडा गर्भपतनमा पनि हुन्छ । त्यसैले औषधिको प्रयोगले गर्भपतन गराउने महिलामा मानसिक रोगको समस्या देखिन पनि सक्छ ।

नयाँ पत्रिकाबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget