Websoft University

www.radiomakalu.com || 021-522512


आणविक र संयुक्त सैन्य अभ्यास रोकः चीन

आणविक र संयुक्त सैन्य अभ्यास रोकः चीन
बर्लिनः चीनले दक्षिण कोरियामा जारी अमेरिका-दक्षिण कोरियालाई सैन्य अभ्यास रोक्न आग्रह गरेको छ । यसका साथै कोरियाली प्रायद्वीपमा देखिँदै आएको तनाव शान्त गर्न उत्तर कोरियाली आणविक कार्यक्रमलाई पनि रोक्न आग्रह गरेको छ । बुधबार जर्मनीको राजधानी बर्लिनमा आयोजित एक समारोहमा बोल्दै चिनियाँ विदेशमन्त्री वाङ यीले यस्तो आग्रह गरेका हुन् ।
उनले कोरियाली प्रायद्वीपमा जारी तनाव शान्त गर्न अमेरिका तथा दक्षिण कोरियाद्वारा कोरियाली सामुद्रिक क्षेत्रमा जारी राखेको सैन्य अभ्यासका साथै उत्तर कोरियाद्वारा विगत केही समयदेखि परीक्षण गर्दै आएको आणविक कार्यक्रम रोक्नुपर्ने बताएका हुन् ।
अमेरिकाले दक्षिण कोरियामा आधुनिक प्रविधिको क्षेप्यास्त्र प्रतिरोधी प्रणाली तैनाथ गरेको छ । अमेरिकाले क्षेप्यास्त्र प्रतिरोधी प्रणाली तैनाथ गरेको क्षेत्र दक्षिण कोरियाको दक्षिणी इलाकामा पर्छ । दक्षिण कोरियाली नागरिकले पनि यसको व्यापक विरोध गरेका छन् ।
स्थानीय बासिन्दाको विरोधलाई बेवास्ता गर्दै गाडीमा क्षेप्यास्त्र प्रतिरोधी प्रणालीका सामान बोकेर गएका अमेरिकी सुरक्षाकर्मी र स्थानीय बासिन्दाबीच झडप समेत भयो । यसैगरी जापान र अमेरिकाले कोरियाली प्रायद्वीपमा नौसैनिक संयुक्त सैन्याभ्यासका क्रममा क्षेप्यास्त्र प्रतिरोधी जहाजको परीक्षण गरेका छन् । जापानको सेल्फ डिफेन्स फोर्सेजलाई उद्धृत गर्दै मंगलबार युएसएस फिट्जगेराल्ड र जापानको म्यारीटाइम सेल्फ डिफेन्स फोर्सेसका विध्वंसक जहाज पनि सहभागी थिए ।

दक्षिण कोरियामा तैनाथ गरिएको थाड प्रणाली भनिने यस क्षेप्यास्त्र प्रतिरोधी प्रणालीले ब्यालेस्टिक मिसाइललाई निशानामा पुग्नुअगावै बीचैमा नष्ट गरिदिन्छ । अमेरिकाले गतवर्ष पनि चीनले विरोध गर्दागर्दै पनि दक्षिण कोरियामा क्षेप्यास्त्र प्रतिरोधी प्रणाली तैनाथ गरेको थियो ।
कोरियाली प्रायद्वीपमा अमेरिकाले गरेको पछिल्ला गतिविधि र त्यसप्रति उत्तर कोरियाले जनाएको प्रतिक्रियाले क्षेत्रीय सुरक्षा सन्तुलनमा खतराको संकेत देखापरिरहेको छ । मंगलबार मात्रै अमेरिकाले सेना र हातहतियारले सुसज्जित युद्धपोत कोरियाली प्रायद्वीपमा पठाएको थियो । यसै अप्रिल ९ मा अमेरिकाले उत्तर कोरियाको सिमाना नजिकै आफ्नो युद्धपोत तैनाथ गरेको थियो ।- अन्नपूर्ण बाट



Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget